2026-09-19 12:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

आमाबुबा गुमाएका बालबालिकाको पठनपाठनका लागि सहयोग

असार २७, खोटाङ | जिल्ला बाल कल्याण समिति खोटाङले आमाबुबा गुमाएका एकैघरका तीनजना बालबालिकाको पठनपाठनका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । 

आमाबाबु दुवैको मृत्यु भएपछि विचल्लीमा परेका दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खाकी १४ वर्षीया सविना राई, ११ वर्षीया तोयामी राई र ८ वर्षीय नौतन राईलाई पठनपाठनका लागि रु १५ हजार सहयोग गर्ने निर्णय गरेको हो । 

आमाबाबुविहीन बनेपछि नजिकको आफन्त शरणकुमार राईको शरणमा बसिरहेका बालबालिकालाई जिल्ला बाल कल्याण समितिले शैक्षिक क्रियाकलापका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको हो । आमा इन्द्रकला राईको २०७२ सालमा तथा बुबा शिवकुमार राईको गत मंसिर २९ गते मृत्यु भएपछि ती बालबालिका विचल्लीमा परेका हुन् । 

शैक्षिक सहयोगका लागि परेको निवेदनका आधारमा तीन बालबालिकालाई सहयोग गर्ने निर्णय गरिएको महिला तथा बालबालिका कार्यालय खोटाङकी निमित्त प्रमुख भुवन राईले बताउनुभयो । 

अभिभावकविहीन बनेकी सविना काठमाडौँमा, तोयामी इटहरीमा र नौतनलाई झापामा आफन्तको घरमा राखेर संरक्षण प्रदान गरिएको बताइएको छ ।

यसैगरी जिल्ला बाल कल्याण समितिले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मुढेस्थित सिद्धेश्वरी आधारभूत विद्यालयमा अध्ययन गरिरहेका सुस्तमनस्थितिका छात्र÷छात्राको आवास व्यवस्थापनका लागि सहयोग गर्ने निर्णय गरेको छ । 

हाल एउटै कोठामा बसिरहेका कोठा पाटेसन गर्ने, काठको फ्लोरिङ गर्ने, लगाउने कपडा उपलब्ध गराउनेलगायतका लागि रु २५ हजार सहयोग गर्ने निर्णय गरेको हो । 

सुस्तमनस्थिति छात्र÷छात्राको आवास व्यवस्थापन, दृष्टिविहीन र बहिरा छात्र÷छात्राको सहयोगका लागि सहायक प्रमुख जिल्ला अधिकारी सन्तोष सुवेदी, जिल्ला शिक्षा समन्वय एकाइको कार्यालयका प्रमुख ठाकुर दाहाल र महिला तथा बालबालिका कार्यालयकी निमित्त प्रमुख राईलाई जिम्मेवारी दिइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई