२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

मुस्ताङ दुर्घटनामा परिवार गुमाएका रोल्पाका टुहुरा नाबालकलाई सहयोग

२०७५, २७ असार बुधबार ०८:४२

असार २७, पोखरा | मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिका–३ स्याङ्बोचेमा शुक्रबार भएको टिपर दुर्घटनामा परी ज्यान गुमाएका मौसम घर्ती मगर र जीतमाया घर्ती मगरका नाबालक छोरालाई प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले रु १० हजार आर्थिक सहयोग उपलब्ध गराउनुभएको छ । 


रोल्पाको थवाङ गाउँपालिका–१ फुर्तीवाङ स्थायी बसोवास भई कामको सिलसिलामा मुस्ताङ पुगेका घर्तीमगर दम्पत्तीको मृत्यु भएपछि पोखराको नयाँ बजारस्थित भाडाको कोठामा बस्दै आएका छोरा १२ वर्षीय विशश र छ वर्षीय विशेषनलाई कोठामा नै पुगी प्रजिअ अधिकारीले उक्त रकम हस्तान्तरण गर्नुभएको हो । 

केन्द्रीय बाल अधिकार स्रोत व्यक्ति बद्रीप्रसाद वाग्लेका अनुसार आपत्कालीन बाल उद्धार कोषमार्फत उक्त रकम र कम्मल (दुई थान) उपलब्ध गराइएको छ । 

राहत सहयोग हस्तान्तरण गर्दै प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले विचल्लीमा परेका यी नाबालकको पठनपाठन एवं संरक्षणका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

सहयोग हस्तान्तरण कार्यक्रममा रोल्पा पोखरा सम्पर्क समाजका अध्यक्ष प्रसाद बुढामगरले नाबालकद्वय असहाय भएको बताउँदै उनीहरूको पठपाठन एवं जीवनयापनका लागि सहयोग गरिदिन आग्रह गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस्