२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिरहाको कर्जन्हा नगर कार्यालयमा आगजनी गराएको भन्दै स्थानियद्धारा चक्काजाम

२७ असार २०७५, बुधबार ११:१६

सिरहा, २७ असार । सिरहाको कर्जन्हा नगरपालिकाको कार्यालयमा अज्ञात समुहले गएराति आगजनी गरेका छन् । कर्जन्हा नगरपालिका बडा नं. ११ स्थित बगहामा रहेको नगरपालिकाको कार्यालयमा अज्ञात समुहले गरेको आगजनीले कार्यालयको झ्याल, ढोका र फर्निचर लगायतका समानहरुमा क्षति पुगेको छ ।


नगरपालिकाका मेयर गंगा पासवानले नगरपालिकाको केन्द्र भाड्ने नियतले आगजनी गराएको स्थानिय राजलाल कामतले आरोप लगाए । नगरपालिकाको साबिक केन्द्र बगहा रहेपनि मेयर पासवानले कर्जन्हा बजारमा राख्ने पक्षमा रहेकोले स्थानियहरुले बगहा केन्द्र राख्नुपर्ने भन्दै अदालतमा मुद्धा दिएको थियो । अदालतले कर्जन्हा नगरपालिकाको केन्द्र बगहा राख्नुपर्ने आदेश समेत दिएको स्थानिय अनिल महतोले बताए । 


आगजनीको विरुद्धमा चक्काजाम 

कर्जन्हा नगरपालिकाका मेयर गंगा पासमानले आफ्नो स्वार्थका लागि नगरपालिकामा आगजनी गराएको भन्दै स्थानियहरुले पुर्वपश्चिम लोकमार्गको वस्तिपुर मिर्चैया सडकखण्ड अन्तर्गत बगहामा चक्काजाम गरेका थिए । कार्यालयमा आगजनी गर्ने  समुहको पक्राउ गरी कार्वाही गनुपर्ने माँग गर्दै आज करीब विहान १० बजेदेखि ११ बजेसम्म चक्काजाम गरिएको स्थानिय राजलाल कामतले बताए ।

मेयर पासमानलाई बोलाई छलफल गर्ने सहमति पश्चात चक्काजाम खोलिएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरिक्षक कैलाश चौधरीले बताए ।

कर्जन्हा नगरपालिकामा लामो सायदेखि केन्द्रको विषयमा बिबाद हुदै आएको छ । आगजनीले नगरपालिकाको दैनिक काम काज ठप्प भएको बताईएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान