2026-09-08 03:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ललितपुर - LLT

बहुभाषिक कविगोष्ठी

असार २८ ललितपुर | नेपाल प्राज्ञ– प्रतिष्ठान मातृभाषा साहित्य विभाग र स्मार्ट माइक्रो रिसर्चको संयुक्त आयोजनामा बुधबार यहाँ आयोजित बहुभाषिक कवितागोष्ठीमा विभिन्न भाषाका १७ कविले कविता वाचन गर्नुभएको छ । 

कविता वाचन गर्नेमा स्वप्निल स्मृति, केशव सिलवाल, होमराज ढुंगेल, चन्द्र राना हँछा, रीमा केसी, जानुका राई (नेपाली), सोझो गाउँले (खस नेपाली), देवकी तिमिल्सिना (खस व्याँसी भाषा), उदिम किराती (थुलुङ् राई भाषा), विष्णु नेम्वाङ (लिम्बू), साङ्तेन वान्तवा (वान्तवा), बीना थिङ (तामाङ), मनिषा राई (थुलुङ राई) लगायत हुनुुहुन्थ्यो । 

कार्यक्रममा तिलक चाम्लिङले चाम्लिङ भाषाको अवस्थाबारे कार्यपत्र प्रस्तुत गर्दै पूर्वी नेपालका उदयपुर, खोटाङ, भोजपुर आदि जिल्लमा बोलिने सो भाषा करीब दुई लाखले बोल्ने बताउनुभयो । 

प्रज्ञा–प्रतिष्ठान मातृभाषा साहित्य विभाग प्रमुख श्रवण मुकारुङले कविता निरन्तर साधना गरिरहनुपर्ने विषय भएको र यो समयसापेक्ष हुनुपर्छ भन्नुभयो । प्रज्ञा–प्रतिष्ठान आख्यान विभाग प्रमुख मातृका पोखरेलले आफूहरुले साधन र स्रोतअनुसार मातृभाषाको विकासमा प्रयास जारी राखेको बताउनुभयो । 

संगीतकार तथा प्राज्ञ शान्तिराम राईले भाषालाई व्यावसायिक बनाउन सके मात्र पछिसम्म बाँच्ने बताउनुभयो । लोकगीत अनुसन्धाता डा भक्त राईले भाषा संस्कृतिको जननी भएको बताउँदै यसलाई बोलेर, लेखेर तथा साहित्यको माध्यमबाट बचाउनुपर्छ भन्नुभयो । कवि नाकिमा नाकिनले भाषा सम्बन्धित जातिको प्रयासले नै बाँच्न सक्ने बताउनुभयो । 

सहआयोजक माइक्रो रिसर्चका अध्यक्ष बम बानियाँले मातृभाषाको विकासका लागि सबैको प्रतिनिधित्व हुने गरी सफल कार्यक्रम गर्न पाएकामा खुशी व्यक्त गर्दै आगामी दिनमा कमजोरी सच्याएर अघि बढ्ने बताउनुभयो ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ