२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

कागजमा काम सम्पन्न गराउँने वडाध्यक्षले अब रस्व–दिर्घ पनि हेर्ने

२०७५, २८ असार बिहीबार ०९:२४

प्रेम सुनार/असार २८, बुटवल। केहि दिन अघि काम नै नभएको एक विकास निर्माण योजनामा काम सम्पन्न भएको भन्दै रकम निकासीका लागि गाउँपालिकामा सिफारिस दिने छत्रकोट गाउँपालिका–४ का वडाध्यक्षले आफु गम्भीर भएको प्रतिकृया दिएका छन ।

यस गाउँपालिका वडा नम्वर ४ का वडाध्यक्ष  डिलाराम न्यौपानेले  त्यस वडाको नयाँपोखरा देखि सपौंदी गैरा हुँदै राधाकृष्ण मन्दिर सम्मको मोटरवाटोमा परेको ७३ हजार ८  सय ३७ रुपैयाको काम गर्दै नगरे पनि सम्पन्न भएको भन्दै रकम निकासीको सिफारिस गाउँपालिकामा दिएका थिए ।

उक्त सिफारिस लगेर रकम निकासी गर्न गएका उपभोक्ता  समितिका अध्यक्ष दिपक कँडेल लगायतलाई स्थानियले पोल खेलि दिए पछि रकम निकासी असफल भएको थियो ।  

वडाध्यक्ष न्यौपाने आज फोनमा भने–‘ अँस्ती त्यस समाचारका वारेमा तपाईले फोन गर्दा म मिटिङ्गमा भएकोले मेरो फोन साईलेन्टमा थियो ।  आज म भन्छु कि मलाई आफ्नै मान्छेले फँसाएका हुन ।  अव देखि मैले हस्ताक्षर गर्नु पुर्व लेखिएको पत्रमा रस्व दिर्घ समेत हेरेर हस्ताक्षर गर्ने छु । ’ 

उनले आज पनि त्यस्ता विकास निर्माणका दुई चार वटा सिफारिस लिएर केहि मानिसहरु आएको तर आफुले रोकेर  काम हेरेर मात्र सिफारिस दिने अडान लिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस