<p><b>असार २८, झापा </b>| सर्पको डसाइबाट बाह्रदशी गाउँपालिका–७ मा एक युवतीको मृत्यु भएको छ । <br></p><p>मृत्यु हुनेमा चेक्राबारी निवासी २२ वर्षीया चन्द्रवती राजवंशी रहेको इलाका प्रहरी कार्यालय घैलाडुब्बाले जनाएको छ । बुधबार साँझ खाना बनाउँदै गर्दा उनलाई सर्पले डसेको थियो । </p><p>सर्पले डसेलगत्तै राजवंशीलाई कनकाई नगरपालिकामा रहेको सहारा सपदंश उपचार केन्द्र लगिएको थियो । उनको उपचारकै क्रममा आज बिहान मृत्यु भएको बताइएको छ । राजवंशीलाई गोमन सर्पले डसेको थियो । </p>
झापामा सर्पको डसाइबाट एक युवतीको मृत्यु
By kit
2 मिनेट पढाइ










