२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

कम्युनिष्टलाई कमजोर पार्न विदेशी शक्ति लाग्यो: अध्यक्ष दाहाल

२०७५, २९ असार शुक्रबार ०६:३३

असार २९, चितवन | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको कम्युनिष्ट शक्तिलाई कमजोर पार्न स्वदेशी र विदेशी शक्ति लागिरहेको बताउनुभएको छ । 

शारदा स्मृति प्रतिष्ठान र जनसांस्कृतिक महासंघ चितवनले आज यहाँ आयोजना गरेको पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कम्युनिष्ट शक्तिलाई के गरी कमजोर पार्ने भनेर ठूलो कसरत भइरहेको छ भन्नुभयो । 

सोभियत संघ र पूर्वी युरोपका समाजवादी देशहरुको विघटनपछि पश्चिमा पूँजीवादी शक्तिहरुले कम्युनिष्ट आन्दोलनकै अवसान भयो भन्ने गरेको बताउँदै उहाँले भन्नुभयो, “इतिहासकै अन्त्य भयो भनेर प्रचार गर्दै गर्दा सबैभन्दा अग्लो टाकुराको देशबाट जनताको मतद्वारा दुई तिहाइको स्थितिमा आउनु उनीहरुका लागि आश्चर्यजनक भएको छ ।” 

विश्वका धेरै कम्युनिष्ट नेताहरुसँग कुरा गर्दा नेपालमा कम्युनिष्टहरुको अहिलेको गतिविधि संसारभरिका लागि प्रेरणादायी रहेको बताएको पनि उहाँले बताउनुभयो । यसले आफूहरुलाई जिम्मेवारी र गौरव बढेको र चुनौती थपिएको अध्यक्ष दाहालको भनाइ थियो । 

अर्को एक प्रसंगमा उहाँले पार्टी एकीकरणपछिको विधान नियमावली टुङ्गिएको र साउन महिनाभरिमा सबै एकताका प्रक्रिया टुङ्ग्याउने बताउनुभयो । भदौ र असोज महिनामा देशभर प्रशिक्षण गर्ने, सभा सम्मेलन गर्ने र सरकारका सकारात्मक कामका बारेमा जनतासम्म पुर्याउने अध्यक्ष दाहालले बताउनुभयो । उहाँले खम्बसिंह कुँवरजस्ता योद्धाका कारण पार्टी यो अवस्थामा आइपुगेको भन्दै उहाँहरुको सम्मानमा कहिल्यै नचुक्ने बताउनुभयो । 

सो अवसरमा ‘शारदा स्मृति पुरस्कार’बाट कम्युनिष्ट नेता खम्बसिंह कुँवरलाई पुरस्कृत एवं सम्मानित गरिएको थियो । उहाँलाई रु २० हजार नगदसहित सम्मान गरिएको थियो । 

त्यसैगरी ‘डिल्लीराम धनसरा प्रतिभा पुरस्कार’बाट प्रगतिशील लेखक संघ चितवनका अध्यक्ष सुमन श्रेष्ठलाई रु पाँच हजार नगद पुरस्कारसहित सम्मान गरिएको थियो । सोही कार्यक्रममा गायक स्व खुसिराम पाख्रिनकी श्रीमती सुकमायाँ तामाङलाई रु १५ हजार नगदसहित सम्मान गरिएको थियो । उहाँहरुलाई अध्यक्ष दाहालले सम्मान गर्नुभएको हो । 

शारदा स्मृति प्रतिष्ठानका अध्यक्ष श्यामसुन्दर पन्तको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य ईश्वरी भट्टराई, प्रदेशसभा सांसद कृष्ण खनाल, लेखक इन्द्र रेग्मीलगायतले बोल्नुभएको थियो ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह