१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

भक्तपुरका बाढीपहिरो पीडितलाई सहयोग गर्न प्रदेश प्रमुखको आग्रह

२९ असार २०७५, शुक्रबार १६:१४

असार २९, भक्तपुर । प्रदेश नं. ३ का प्रदेश प्रमुख अनुराधा कोइरालाले भक्तपुरमा आएको बाढी, पहिरो र डुबानले भएको क्षतिबारे जानकारी लिनुभएको छ । 

आज प्रदेश नं ३ का प्रदेश सदस्य डा राजेन्द्रमान श्रेष्ठ र मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठसँगको भेटमा उहाँले क्षतिको अवस्थाबारे जानकारी लिनुभएको हो । उहाँले मध्यपुर थिमि क्षेत्रमा हनुमन्ते खोलामा आएको बाढीले पु¥याएको क्षति र चाँगुनारायण नगरपालिका क्षेत्रमा पहिरोका कारण मृत्यु भएकाका परिवार एवं त्यहाँको अवस्थाका बारेमा जानकारी लिनुभएको थियो । 

उहाँले भक्तपुरमा आएको बाढीपहिरो र डुबानका कारण भएको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रदेश सरकारसँग पीडित परिवारलाई आवश्यक सहयोग गर्न आग्रहसमेत गर्नुभयो । उहाँले प्रदेश सरकारलाई क्षतिको विवरण संकलन गरी आवश्यक सहयोग उपलब्ध गराउन आग्रह गर्नुभयो । पीडितका लागि पाल, झूल, लत्ताकपडा लगायतका भौतिक सामग्री आवश्यक परे व्यक्तिगत रुपमा आफू सहयोग गर्न तयार रहेको प्रदेश सदस्य डा श्रेष्ठ र नगरप्रमुख श्रेष्ठलाई उहाँले जानकारी गराउनु भएको थियो ।

प्रदेश प्रमुख कोइरालालाई प्रदेश सदस्य डा श्रेष्ठले मध्यपुरथिमि क्षेत्रमा बाढी र डुबानका कारण भएको क्षतिको अवस्थाबारे जानकारी गराउनु भएको थियो । उहाँले बाढी र डुबानका क्षेत्रका बासिन्दाको खाद्यान्न, लत्ताकपडा, विभिन्न सामग्री, पशुपक्षी र घरमा समेत क्षति भएको जानकारी गराउनु भएको थियो । 

नगर प्रमुख श्रेष्ठले यहाँको व्यापार र व्यवसायमा समेत ठूलो क्षति पुगेको बताउँदै व्यापारीले गोदाममा राखेका सामग्रीसमेत नष्ट भएको बताउनुभयो । भक्तपुरमा करोडौँ बराबरको क्षति भएको जानकारी गराउँदै केन्द्रीय तहबाट यस्ता बाढी तथा डुबानलाई रोक्न ठोस नीति लिनुपर्ने जानकारी गराउनु भएको थियो । स्थायीरुपमा यस्ता समस्या समाधान गर्नेबारे सरकारबाट चासो दिन पनि आग्रह गरिएको थियो ।  (रासस)


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का