2026-10-18 02:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

ढाकावाङ्गमा सम्पन्न एक दिने निशुल्क स्वास्थ्य शिविरमा ३ सय जनाले स्वास्थ्य जांच गराए

असार–३०, अर्घाखाँची | भुमिकास्थान २ को उपल्लो ढाकावाङ्गमा हिजो सम्पन्न एक दिने निशुल्क स्वास्थ्य शिविरमा झन्डै ३ सय जनाले स्वास्थ्य जांच गराएका छन् । 

वडा कार्यालयको आयोजना र ढाकावाङ्ग खानेपानी तथा सरसफाई आयोजनाको समन्वयमा सम्पन्न शिविरमा ढाकावाङ्गको च्यान्डांडा, काउले, रिपाहा, उपल्ला गाउं, तल्ला गाउं, झांक्रीसाल लगायतका गाउँबाट ३ सय जना बिरामीहरुले निशुल्क स्वास्थ्य चेक जाँच तथा उपचार गराएको ढाकावाङ्ग खानेपानी तथा सरसफाई आयोजना उपभोक्ता समिति सचिव नारायण खनालले जानकारी दिनुभएको छ ।

शिविरमा झाडापखाला, भाइरल ज्वरो, ढाँड कम्मर, टाउको दुख्ने, ग्यास्टिक, ब्लड प्रेसर र युरिकेसिड लगायतका बिरामी फेला परेको शिविरमा संलग्न स्वास्थ्यकर्मीहरुले जानकारी दिएका छन् । जस मध्ये अधिकांशमा झाडापखलाको समस्या देखिएको स्वास्थ्य कर्मीहरुले बताएका छन् । 

बर्षायाम संगै दुषित पिउनेपानी र भाइरलका कारण झाडापखला र ज्वरोका बिरामी बढि हुने हुंदा सर्तक हुनुपर्ने स्वास्थ्यकर्मीहरुको सुझाव रहेको छ ।पानीलाई उमालेर वा फिल्टर गरेर सुद्ध बनाएर मात्रै पिउनुपर्ने,खानाखानु अघि र पछि राम्रो संग साबुन पानीले हात धुनुपर्ने,घरायसी र ब्यक्तिगत सरसफाईमा बिशेष ध्यान दिनुपर्नेमा शिविरमा सहभागि स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् । ढाकावाङ्ग स्वास्थ्यचौकी इन्चार्ज इशा खड्काको नेतृत्वमा सेवा प्रदान गरिएको शिविरमा बिरामीलाई चेक जांच गर्दा आवस्यक औषधि समेत निशुल्क बितरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु