२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

बालबालिका आकर्षित गर्न शिशु कक्षामा खाजा

२०७५, ३२ असार सोमबार ०७:५७

नारायण ढुंगाना/असार ३२, चितवन | रत्ननगर नगरपालिकाले बालबालिकालाई सरकारी स्कुलमा आकर्षित गराउन शिशु कक्षामा खाजा कार्यक्रम शुरु गरेको छ । 

नगरप्रमुख नारायण वनका अनुसार रत्ननगरका ३२ विद्यालयका ८७७ विद्यार्थी खाजा कार्यक्रममा सरिक भएका छन् । उनीहरुलाई प्रतिदिन रु १५ का दरले नगरपालिकाले खाजाका लागि रकम उपलब्ध गराएको छ । अहिलेसम्म खाजा कार्यक्रमका लागि रु १३ लाख ३४ हजार खर्च भइसकेको छ । 

विसं २०७४ पुसबाट शुरु भएको खाजा कार्यक्रम आगामी वर्ष एक हजार बालबालिकालाई रु ३२ लाख बराबरको खाजा खुवाइने उक्त नगरपालिकाको शिक्षा शाखा प्रमुख राजेन्द्रप्रसाद बरालले जानकारी दिनुभयो । 

“अहिले विगतमा भन्दा बालबालिका बढेको देखिन्छ, कक्षा १ मा भर्ना हुने संख्या बढ्यो भने कार्यक्रमले निरन्तरता पाउछ, नत्र बन्द हुन्छ, भनेर सामुदायिक विद्यालयलाई भनिसकिएको छ,” उहाँले भन्नुभयो । 

बालबालिकालाई शिक्षामा आकर्षित गराउनु नै यसको मुख्य लक्ष्य भएको उल्लेख गर्दै शाखा प्रमुख बरालले बताउनुभयो, “अघिल्लो वर्ष सामुदायिक विद्यालयको शिशु कक्षामा ८७७ विद्यार्थी थिए । योवर्ष ९९२ बालबालिका पुग्नु खाजा कार्यक्रमको प्रभाव हो । अब यही अनुपातमा कक्षा १ मा भर्नादर बढ्यो भने खाजा कार्यक्रम प्रभावकारी भएको मान्न सकिन्छ ।” 

कतिपय विद्यालयले भने खाजा कार्यक्रम कम भएको गुनासो गरेका छन् । 

पोषणयुक्त खाजा खुवाउन रकम बढाउनुपर्ने प्रतिक्रिया विद्यालयका प्राचार्यबाट आएको उहाँको भनाइ थियो । 

सरकारले चितवनको विकट चेपाङ गाउँमा अहिले पनि विद्यार्थीलाई आकर्षित गर्न खाजा कार्यक्रम चलाइएको छ । खाजाको बहानामा बालबालिकाको स्कुल नियमित हुनेगर्छ । 

सोहीअनुसार पहाडी इलाका नछोएको रत्ननगर नगरपालिकाले पनि शिशु कक्षामै खाजा कार्यक्रम ल्याएको हो तर सामुदायिक विद्यालयमा खाजा खाएर केही सिकेपछि अभिभावकले निजी स्कुलमा बालबालिका पठाउने समस्या निम्तन सक्ने खतरा देखिएको जिल्ला शिक्षा समन्वय इकाईको रत्ननगर स्रोत केन्द्रका स्रोतव्यक्ति अनिता अधिकारीले आशंका गर्नुभयो । 

रत्ननगरले शिक्षाको गुणस्तर सुधारका लागि विभिन्न कार्यक्रम शुरु गरेको छ । 

यो वर्ष ३३ वटा विद्यालयका बालविकास केन्द्रमा सिकाइ उपलब्धि बढाउन टेलिभिजन उपलव्ध गराउनुका साथै २१ विद्यालयमा कार्पेन्टिङ र भित्तेलेखन गरिएको छ, केही आधारभूत विद्यालयलाई कप्युटर उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ । 

यस्तै सुकुम्वासीका बालबालिकालाई रु पाँच हजार प्रोत्साहनस्वरुप दिन शुरु गरिएको छ । नगरसभाले नै पारित गरेर रु दुई लाख बजेट छुट्याएको छ । सुत्केरी भएको शिक्षकको ठाउँमा दुई महिनाका लागि सट्टा शिक्षक राख्ने योजनासमेत अघि सारिएको रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज ढुंगानाले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण