२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

बालबालिका आकर्षित गर्न शिशु कक्षामा खाजा

३२ असार २०७५, सोमबार ०७:५७

नारायण ढुंगाना/असार ३२, चितवन | रत्ननगर नगरपालिकाले बालबालिकालाई सरकारी स्कुलमा आकर्षित गराउन शिशु कक्षामा खाजा कार्यक्रम शुरु गरेको छ । 

नगरप्रमुख नारायण वनका अनुसार रत्ननगरका ३२ विद्यालयका ८७७ विद्यार्थी खाजा कार्यक्रममा सरिक भएका छन् । उनीहरुलाई प्रतिदिन रु १५ का दरले नगरपालिकाले खाजाका लागि रकम उपलब्ध गराएको छ । अहिलेसम्म खाजा कार्यक्रमका लागि रु १३ लाख ३४ हजार खर्च भइसकेको छ । 

विसं २०७४ पुसबाट शुरु भएको खाजा कार्यक्रम आगामी वर्ष एक हजार बालबालिकालाई रु ३२ लाख बराबरको खाजा खुवाइने उक्त नगरपालिकाको शिक्षा शाखा प्रमुख राजेन्द्रप्रसाद बरालले जानकारी दिनुभयो । 

“अहिले विगतमा भन्दा बालबालिका बढेको देखिन्छ, कक्षा १ मा भर्ना हुने संख्या बढ्यो भने कार्यक्रमले निरन्तरता पाउछ, नत्र बन्द हुन्छ, भनेर सामुदायिक विद्यालयलाई भनिसकिएको छ,” उहाँले भन्नुभयो । 

बालबालिकालाई शिक्षामा आकर्षित गराउनु नै यसको मुख्य लक्ष्य भएको उल्लेख गर्दै शाखा प्रमुख बरालले बताउनुभयो, “अघिल्लो वर्ष सामुदायिक विद्यालयको शिशु कक्षामा ८७७ विद्यार्थी थिए । योवर्ष ९९२ बालबालिका पुग्नु खाजा कार्यक्रमको प्रभाव हो । अब यही अनुपातमा कक्षा १ मा भर्नादर बढ्यो भने खाजा कार्यक्रम प्रभावकारी भएको मान्न सकिन्छ ।” 

कतिपय विद्यालयले भने खाजा कार्यक्रम कम भएको गुनासो गरेका छन् । 

पोषणयुक्त खाजा खुवाउन रकम बढाउनुपर्ने प्रतिक्रिया विद्यालयका प्राचार्यबाट आएको उहाँको भनाइ थियो । 

सरकारले चितवनको विकट चेपाङ गाउँमा अहिले पनि विद्यार्थीलाई आकर्षित गर्न खाजा कार्यक्रम चलाइएको छ । खाजाको बहानामा बालबालिकाको स्कुल नियमित हुनेगर्छ । 

सोहीअनुसार पहाडी इलाका नछोएको रत्ननगर नगरपालिकाले पनि शिशु कक्षामै खाजा कार्यक्रम ल्याएको हो तर सामुदायिक विद्यालयमा खाजा खाएर केही सिकेपछि अभिभावकले निजी स्कुलमा बालबालिका पठाउने समस्या निम्तन सक्ने खतरा देखिएको जिल्ला शिक्षा समन्वय इकाईको रत्ननगर स्रोत केन्द्रका स्रोतव्यक्ति अनिता अधिकारीले आशंका गर्नुभयो । 

रत्ननगरले शिक्षाको गुणस्तर सुधारका लागि विभिन्न कार्यक्रम शुरु गरेको छ । 

यो वर्ष ३३ वटा विद्यालयका बालविकास केन्द्रमा सिकाइ उपलब्धि बढाउन टेलिभिजन उपलव्ध गराउनुका साथै २१ विद्यालयमा कार्पेन्टिङ र भित्तेलेखन गरिएको छ, केही आधारभूत विद्यालयलाई कप्युटर उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ । 

यस्तै सुकुम्वासीका बालबालिकालाई रु पाँच हजार प्रोत्साहनस्वरुप दिन शुरु गरिएको छ । नगरसभाले नै पारित गरेर रु दुई लाख बजेट छुट्याएको छ । सुत्केरी भएको शिक्षकको ठाउँमा दुई महिनाका लागि सट्टा शिक्षक राख्ने योजनासमेत अघि सारिएको रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज ढुंगानाले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो