२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

देवघाटमा विद्युतीय शव दाहस्थल निर्माण गरिने

२०७५, ३२ असार सोमबार ०८:१९

असार ३२, चितवन | पवित्र तीर्थस्थल देवघाटमा विद्युतीय शव दाहस्थल निर्माण गरिने भएको छ । भरतपुर महानगरपालिका–१ देवघाटस्थित नारायणी नदी किनारमा शव दाहस्थल निर्माण गर्न लागिएको हो । 

शहरी विकास मन्त्रालयले विनियोजन गरेको रु १६ करोड ९५ को बजेटबाट शव दाहस्थल निर्माणका लागि बोलपत्र आह्वान गरिएको छ । 

शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय भरतपुरका प्रमुख कुमार घिमिरेका अनुसार दुई वर्षभित्रमा निर्माण सम्पन्न गर्ने गरी बोलपत्र आह्वान गरिएको हो । 

निर्माणकर्ताले विद्युतीय उपकरण राख्ने भवन, आवश्यक सम्पूर्ण उपकरण र पार्किङसमेत निर्माण गर्नुपर्ने हुन्छ । उहाँका अनुसार दुई वटा विद्युतीय शव दाह उपकरण जडान गरिनेछ । एकै पटकमा दुई वटा शवको दाहसंस्कार गर्न सकिने घिमिरेले बताउनुभयो । 

बढीमा एक घण्टामा एउटा शवको दाहसंस्कार गर्न सकिने घिमिरेको भनाइ छ । अत्याधुनिक उपकरण हुने भएकाले वातावरणीय प्रदूषण नहुने उहाँले बताउनुभयो । राजधानी बाहिरको पहिलो विद्युतीय शव दाह देवघाटमा निर्माण गर्न लागिएको हो । 

भरतपुर महानगरपालिका–१ का वडाध्यक्ष जयराम श्रेष्ठले महानगरपालिकाको विशेष पहलमा विद्युतीय शव दाहस्थल निर्माण गर्न लागिएको बताउनुभयो । 

दैनिक ३५ वटासम्म शव देवघाटमा ल्याइने गरिन्छ । जसका लागि आवश्यक पर्ने दाउरा पु¥याउन कठिन भइरहेको अवस्थामा विद्युतीय शव दाहस्थल निर्माणसँगै दाउरा र प्रदूषणको समस्या हट्ने उहाँले बताउनुभयो । 

देवघाटमा मानिसको अन्त्येष्टि गरिएको दाउरा र थोत्रा कपडाले नारायणी नदी प्रदूषित बन्दै आएको छ । जसका कारण स्नान गर्न आउने भक्तजनहरु र जलचर प्राणी प्रभावित हुँदै आएका छन् । 

चितवनसहित नेपालका विभिन्न क्षेत्रबाट अन्त्येष्टिका लागि शव देवघाट ल्याउने गरिन्छ । देवघाटमा अन्त्येष्टि गरिएमा मोक्ष प्राप्ति हुने विश्वास रहिआएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण