पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>असार ३२, उदयपर | </b>दुई दिनदेखि बेपत्ता भएको उदयपुर जिल्लाको उदयपुर गढी गाउँपालिका–३ का वडा सदस्य रामबहादुर मगर आज मृत फेला परेका छन् । <br></p><p>जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार ३० गतेदेखि बेपत्ता भएका वडा सदस्य मगर आज बिहान स्थानीय सापुपा खोलाको किनारमा मृत अवस्थामा फेला परेका हुन् । </p><p>मगरको मृत्युको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस</p>

