2026-09-19 10:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

अनुदानको प्रलोभन देखाएर किसानबाट लाखौँ ठगी

असार ३२, खोटाङ | अनुदान दिने प्रलोभन देखाएर खोटाङका दुई दर्जनभन्दा बढी किसानबाट लाखौँ रुपैयाँ ठगी गरिएको खुलासा भएको छ । कृषिसम्बन्धी विभिन्न फार्म सञ्चालन गर्दै आएका दुई दर्जन किसानलाई ७० प्रतिशत अनुदान दिने प्रलोभन देखाएर ठगी गरिएको हो । 

केही दिनअघि जिल्ला आएका अपरिचित व्यक्तिले विभिन्न बहानामा किसानलाई ७० प्रतिशतका दरले अनुदान दिने भनेपछि जिल्लाका दुई दर्जनभन्दा बढी किसान ठगीमा परेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले बताउनुभयो । 

ठगीको शिकार बनेका दिक्तेलस्थित साकेला पोल्ट्री फार्मका प्रबन्ध निर्देशक रमेश राईका अनुसार अर्बा नामको इजरायली कम्पनीका प्रतिनिधि भन्दै जितेन्द्र राई नाम गरेका व्यक्तिले प्रतिफार्म÷व्यक्तिबाट रु दुई लाख ५० हजारका दरले रकम उठाएका थिए । 

पीडित किसानका अनुसार आफ्नै खातामा रु दुई लाख ५० हजार जम्मा गरेबापत अर्बा कम्पनीले त्यसको ७० प्रतिशत रकम अनुदान दिने भनेपछि उनीहरु ठगीमा परेको पाइएको छ । “हामी सोझासाझा मान्छे, अर्बा कम्पनीले ७० प्रतिशत अनुदान दिने भनेपछि मख्ख परियो,” ठगीमा पर्नुभएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ का नगेन्द्र राईले भन्नुभयो – “खातामा भएको रकम पनि विभिन्न बहानामा खाली चेक मागेर निकालेपछि फरार भएछन् । हामीमाथि भएको ठगी प्रकरणको छानविन गरी पाऊँ ।” 

ठगिएका किसानका अनुसार राष्ट्रिय वाणिज्य बैंकबाट १६ जना, बैंक अफ काठमाडौँबाट तीनजना र ज्योति विकास बैंकबाट एकजनाको गत असार २८ गते रकम चोरी भएको पाइएको हो । यसबाहेक अन्य किसानको पनि चोरी भएको तर जानकारी भने नआइसकेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार ठगीमा पर्नेमध्ये अहिलेसम्म २० जनाले कारवाहीको माग गर्दै प्रहरीमा निवेदन दिएका छन् । दिक्तेलस्थित राष्ट्रिय वाणिज्य बैंक शाखा प्रबन्धक शिरोमणि बरालले भने अपरिचित व्यक्तिलाई खाली चेक दिएपछि चोरी भएको पाइएको बताउनुभयो । 

प्रनाउ थापाका अनुसार धेरैजसो रकम चाबहिल क्षेत्रका बैंकबाट निकालिएको पाइएको छ । ठगी गरी फरार भएका अपराधीको खोजी कार्य शुरु गरिएको प्रनाउ थापाले जानकारी दिनुभयो । 

ठगिनेमा निर्मलीडाँडा, दोर्पा, नेर्पा, दिक्तेल, बाम्राङ, बुइपा, गोपेनीलगायतका किसान रहेका छन् । किसानलाई विभिन्न प्रलोभनमा पारेर रकम ठगी गर्ने व्यक्ति करीब डेढ महिनाअघि खोटाङ आएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई