२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

डोलेश्वर र आशापुरीमा एकमहीने मेला शुरु

१ श्रावण २०७५, मंगलवार ०६:४०

साउन १, भक्तपुर | सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित डोलेश्वर र आशापुरी महादेव मन्दिरमा आजदेखि एकमहीने साउने मेला शुरु भएको छ । 

यही साउन १ गते बिहान ७ बजे चन्द्रविनायक गणेश मन्दिरदेखि केदारनाथको शिर मानिने डोलेश्वर मन्दिरसम्म कलश यात्रा गरी मेला शुरु भएको डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका वरिष्ठ उपाध्यक्ष एवं वडाध्यक्ष किरण थापाले जानकारी दिनुभयो । मेला ३८ दिनसम्म चली भदौ ६ गते समापन हुने बताइएको छ । मेलामा संकलित रकम मन्दिरको गुरुयोजना निर्माणमै खर्च गरिने थाहा भएको छ । थापाले लाम बसेको एक घण्टामै दर्शन गर्ने व्यवस्था मिलाइएको जानकारी दिनुभयो । 

त्यसैगरी सूर्यविनायक नगरपालिका–८ मै रहेको आशापुरी महादेव मन्दिरमा पनि आजदेखि एकमहीने मेला शुरु भएको छ । मनको इच्छा पूरा हुने जनविश्वासले मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । काठमाडाँै उपत्यकालगायत काभ्रेपलाञ्चोकका दर्शनार्थीको घुइँचो लाग्ने सो मन्दिरमा साउनमा रुद्री पूजा गर्नेको समेत भीड लाग्छ । यता दत्तात्रय मन्दिरमा भने साउनको प्रत्येक सोमबार मेला लाग्ने गर्छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य