२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

डोलेश्वर र आशापुरीमा एकमहीने मेला शुरु

२०७५, १ श्रावण मंगलवार ०६:४०

साउन १, भक्तपुर | सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित डोलेश्वर र आशापुरी महादेव मन्दिरमा आजदेखि एकमहीने साउने मेला शुरु भएको छ । 

यही साउन १ गते बिहान ७ बजे चन्द्रविनायक गणेश मन्दिरदेखि केदारनाथको शिर मानिने डोलेश्वर मन्दिरसम्म कलश यात्रा गरी मेला शुरु भएको डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका वरिष्ठ उपाध्यक्ष एवं वडाध्यक्ष किरण थापाले जानकारी दिनुभयो । मेला ३८ दिनसम्म चली भदौ ६ गते समापन हुने बताइएको छ । मेलामा संकलित रकम मन्दिरको गुरुयोजना निर्माणमै खर्च गरिने थाहा भएको छ । थापाले लाम बसेको एक घण्टामै दर्शन गर्ने व्यवस्था मिलाइएको जानकारी दिनुभयो । 

त्यसैगरी सूर्यविनायक नगरपालिका–८ मै रहेको आशापुरी महादेव मन्दिरमा पनि आजदेखि एकमहीने मेला शुरु भएको छ । मनको इच्छा पूरा हुने जनविश्वासले मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । काठमाडाँै उपत्यकालगायत काभ्रेपलाञ्चोकका दर्शनार्थीको घुइँचो लाग्ने सो मन्दिरमा साउनमा रुद्री पूजा गर्नेको समेत भीड लाग्छ । यता दत्तात्रय मन्दिरमा भने साउनको प्रत्येक सोमबार मेला लाग्ने गर्छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस