२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिरहामा विद्युत् चुहावट पाँच प्रतिशत घट्यो

१ श्रावण २०७५, मंगलवार ०७:४१

साउन १, लहान | विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन भएपछि आर्थिक वर्ष २०७४÷७५ मा सिरहाको लहान क्षेत्रमा पाँच प्रतिशत विद्युत् चुहावटमा कमी आएको छ । 

विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले नियन्त्रणका लागि अभियान सञ्चालन गरेपछि चुहावट ३५ प्रतिशतमा झरेको हो । विगत वर्षमा करीब ४० प्रतिशत विद्युत् चुहावट हुँदै आएकामा आव २०७४÷७५ मा चुहावट घटेको विद्युत् प्राधिकरण वितरण केन्द्र लहानका प्रमुख विष्णुप्रसाद यादवले जानकारी दिनुभयो । 

यस्तै, समयमा विद्युत्को महसुल नबुझाउने ७१२ ग्राहकको विद्युत् लाइन चालु आवमा काटिएको यादवले बताउनुभयो । विद्युत्को बाँकी बक्यौता रकम समयमा नबुझाउने र पटक पटक समयमै विद्युत् महसुल बुझाउन आग्रह गर्दासमेत बेवास्ता गर्ने ग्राहकको विद्युत् लाइन काटिएको हो । 

“विद्युत् लाइन काटिएका ५०५ ग्राहकबाट रु एक करोड ४७ लाख ४९ हजार बक्यौता रकम संकलन गरिएको छ,” यादवले भन्नुभयो । 

त्यस्तै वितरण केन्द्र लहानले चालु आवमा हुकिङ गरी विद्युत् चोरी गर्ने ४०७ जनालाई पक्राउ गरी कारवाही गरेको जनाएको छ । कारवाही गरिएकाबाट रु २८ लाख १६ हजार राजश्व संकलन हुनाका साथै सो क्रममा २७६ थान विद्युत् उपकरणसमेत बरामद गरिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान