2026-09-18 08:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ताप्लेजुङ्ग - TPL

ताप्लेजुङमा सडकले आतंक बढायो

सन्तोष पुर्कुटी | साउन १, ताप्लेजुङ | बस्तीमाथि रहेको भिरालो जमीनमा सडक खनेपछि आफूहरु पहिरोको जोखिममा परेको भन्दै सिरिजंघा गाउँपालिका–७ खेवाङका छ घर दलित परिवारले घर नै छाडेर अन्तै सरे । 

तीमध्ये कोही तराईतिर बसाइँ सरेर गए भने कोही नजिकैका बस्तीमा गएर बसे । जेठ लाग्दै घर छाडेकाहरु अहिले खेती कमाइका लागिमात्रै त्यहाँ जाने गरेका छन् । 

एक दुई परिवार भने घरमै फर्किएर डरैडरमा बस्न थालेका छन् । उनीहरुको घरमाथि खनिएको सडकबाट ठूलठूला ढुंगा झर्ने गरेकाले र वर्षा हुँदा पहिरो झर्ने डरले नै अन्तै सर्नुपरेको हो । ‘बस्ती नै जोखिममा पर्ने देखिएपछि शुरुमा यहाँबाट बाटो निर्माण नगर्नुहोस् भन्दा पनि कुनै जोखिम हुँदैन तपाईंहरु ढुक्क हुनुहोस्, हामी बस्ती जोगाएर खन्छौँ भन्दै धमाधम बाटो निर्माण गर्न थाले तर अहिले बस्ने अवस्था नरहेपछि बसाइँ नै छोड्नुप¥यो”, विस्थापित बन्नुभएका कमल सिन्च्युरीले भन्नुभयो । 

गाउँमा भएको विकासलाई रोक्न नसकेका उनीहरुले बाटो निर्माण हुँदै गर्दा बस्तीमा नै ठूलठूला ढुंगा झर्न थालेका कारण नजिकको जंगलमा गएर पाल टाँगेर बसेका थिए । बाटो खनिसकेपछि घरमै गएर बसौँला भनेका उनीहरु घर फर्केर बस्न सकेनन् । सडक निर्माण गर्नुअघि जनप्रतिनिधि र उपभोक्ता समितिले यदि क्षति हुने अवस्था आए केही विकल्प सोचौँला भने पनि निर्माणपछि भने आफूहरुको कुरा सुन्दैनसुनेको अर्का पीडित कमल विकले बताउनुभयो । 

यता तीन महिनाअघि घरकै परिसरमा सडक पुग्दा हर्षित बन्नुभएका खेवाङकै उद्योग अधिकारी अहिले त्यही सडककै कारण बसाइँ सर्नुपर्ने अवस्थामा पुग्नुभएको छ । सडक खनिएकै कारण माथिबाट झर्ने पहिरोले घर जोखिममा परेपछि वर्षौंदेखि बस्दै आएको घरमा उहाँलाई असुरक्षित भएको महसुस हुन थालेको छ । अधिकारीले भन्नुभयो, “जोखिम हुँदाहुँदै पनि हिउँदमा सडक खनियो, अहिले वर्षा शुरु भएसँगै माथिबाट झरेको पहिरोले बसिनसक्नु भएपछि बसाइँ सर्नुपर्ने अवस्था आइसक्यो, वर्षा भएका बेला रातभर ढुक्कसँगले सुत्न पनि पाइँदैन ।” 

यस्तै सोही ठाउँका पूर्णबहादुर लिम्बू पनि सडककै कारण घर छाडेर हिँड्नुभयो । टिनको छानो लगाइएका दुई वटा घर जोखिममा परेपछि छाडेर नजिकै छिमेकीको मतानमा गएर बस्नुभएको छ । सडक खन्दा खसेको ढुंगा र माटोले बारी पुरेपछि उहाँको कमाइ गर्ने ठाउँसम्म पनि रहेन । यी त एक क्षेत्रका उदारणमात्र हुन् । 

पछिल्लो समयमा जिल्लाका ग्रामीण क्षेत्रमा खनिएका सडकले स्थानीयवासीलाई उठीबास लगाउनाका साथै विचल्लीसमेत बनाएको छ । अहिले जनप्रतिनिधि आएपछि सडक निर्माणले तीव्रता पाएको छ तर जोखिमलाई बेवास्ता गरी सडक निर्माण गरिएपछि यस्तो अवस्था सिर्जना भएको स्थानीयवासीको आरोप छ । सम्भावित जोखिमलाई वास्ता नगरी जताततै सडक खनेकाले यस्तो अवस्था आएको सिरिजंघास्थित तेल्लोकका लक्ष्मी भट्टराईले बताउनुभयो । सोझासाझा स्थानीयवासीले जग्गा दिएको भरमा उसलाई भोलिका दिनमा हुने क्षतिको वास्ता नगरी सडक निर्माण गरिँदा समस्या आएको उहाँको भनाइ थियो । 

हिउँदभर खनिएका सडकमा केही दिन सवारी साधन गुडे पनि बर्खा लाग्दै ती सडक खोल्सामा परिणत भएका छन् । कतिपय क्षेत्रमा सर्वेक्षण गरिएभन्दा बाहिर गएर पनि सडक निर्माण गरिएको स्थानीयवासीले बताए । ग्रामीण क्षेत्रमा प्रायः स्काभेटरको प्रयोगमा सडक निर्माण हुने गरेकाले पनि आफूहरु मारमा परेको स्थानीयवासीको आरोप छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई