२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

फरार चोर भक्तपुरबाट पक्राउ

२ श्रावण २०७५, बुधबार ०७:५१

साउन २, भक्तपुर | विगत केही समयदेखि काठमाडौँं उपत्यकाभित्र चोरी कार्यमा संलग्न रहेको आरोपमा भक्तपुर चाँगुनारायण नगरपालिका–७ बस्ने ४० वर्षीय पशुपति रिमाललाई प्रहरीले पक्राउ गरेको छ । 

गत जेठ १५ गते राति मध्यपुर ठिमी नगरपालिका–६ कुण्डोल भगवतीमार्गस्थित नवीन बुढाथोकीको घरमा दराज फुटाइ नगद तथा सुनचाँदीका गरगहनासमेत गरी रु सात लाख २५ हजार बराबरको धनमाल चोरी गरेको घटनामा संलग्न रहेको भन्दै रिमाललाई महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी वृत्त ठिमीको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो । निजको साथबाट चोरी गरेको विभिन्न धनमाल बरामद गरिएको प्रहरीले जनाएको छ । 

त्यस्तै विराटनगर महानगरपालिका– १४ घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका– २ बालकोट बस्ने सन्तोष घिमिरेको घरबाट रु करीब एक लाख २५ हजार बराबरको धनमाल चोरी भएको छ । बाथरुमको झ्यालबाट प्रवेश गरी मोबाइल दुई थान र एक थान ल्यापटपसमेत गरी करीब रु एक लाख २५ हजार बराबरको धनमाल गएराति चोरी भएको प्रहरीले जानकारी दिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की