२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

मुख्य राजमार्गमा तीनपांग्रे सवारी सञ्चालनमा रोक

२ श्रावण २०७५, बुधबार ०८:०४

साउन २, चितवन | चितवनको भरतपुर महानगरपालिकाले मुख्य सडक क्षेत्रमा तीनपांग्रे सवारी सञ्चालनमा रोक लगाउने भएको छ । 

नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्देशनअनुसार साउन ५ गतेबाट लागू हुनेगरी उक्त सवारी साधन मुख्य सडक क्षेत्रमा सञ्चालनमा रोक लगाइएको भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले जानकारी दिनुभयो । 

सडकमा बढ्दो सवारी चाप र दुर्घटना न्यूनीकरण गर्न जरुरी रहेकाले ई–रिक्सा, अटो– रिक्सा र टेम्पुलाई मुख्य सडक क्षेत्रमा सञ्चालन रोक लगाइएको दाहालले बताउनुभयो । 

उहाँका अनुसार भरतपुर महानगरमा पर्ने पूर्व–पश्चिम राजमार्ग, बाइपास रोड र नारायणगढ–मुग्लिन सडकखण्डमा तीनपांग्रे सवारी सञ्चालन रोक लगाइएको हो । भित्री सडकबाट अन्यत्र जानका लागि भने वारपार गर्न तोकिएको स्थानबाट क्रसरोडसमेत तोकिएको महानगरपालिकाले जनाएको छ । 

यसअघि पार्किङ व्यवस्थापन र फुटपाथ व्यवस्थापनमा महानगरपालिका सफल भएको दाबी गर्दै प्रमुख दाहालले तत्कालका लागि केही समस्या भए पनि दीर्घकालका लागि यो निर्णय महत्वपूर्ण हुने बताउनुभयो । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख बेदप्रसाद गौतमले जिल्लामा यस्ता तीनपांग्रे सवारी करीब तीन हजारको हाराहारीमा रहेको जानकारी दिनुभयो । 

पछिल्लो समयमा साना सवारीबाट दुर्घटना बढेको भन्दै उहाँले तीनपांग्रे सवारी दुर्घटनापछि धेरैजसो भाग्ने गरेको स्मरण गर्नुभयो । एउटै चालकले पटकपटक नियम उल्लंघन गरेको फेला परेकोसमेत उहाँको भनाइ छ । 

चालु आवमा नियम उल्लंघन गर्ने तीन हजार ८७३ तीनपांग्रे सवारीलाई कारबाही गरिएको छ । चितवनका प्र्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले ई–रिक्साहरु व्यवस्थापनसँगै साना चारपांग्रे सवारीको संख्या राजमार्गमा बढ्नसक्ने भएकाले यसतर्फपनि सचेत हुनुपर्नेमा जोड दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो