२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

कृषि विश्वविद्यालयद्वारा निजी सम्बन्धनबारे जानकारी

२ श्रावण २०७५, बुधबार ०८:०९

साउन २, चितवन | कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरले सम्पूर्ण प्रक्रिया पूरा गरेर आठ निजी क्याम्पसलाई सम्बन्धन दिएको प्रष्ट पारेको छ । 

आठ निजी क्याम्पसलाई सम्बन्धन दिएपछि प्राध्यापक र विद्यार्थीले आन्दोलन चर्काउँदै लगेपछि विश्वविद्यालयले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी सम्बन्धन स्थगन हुन नसक्ने जनाएको छ । 

सो अवसरमा विश्वविद्यालयका उपकुलपति प्राडा ईश्वरीप्रसाद ढकालले विश्वविद्यालयको नियम मुताविक विद्या परिषद, प्राज्ञिक परिषद् र अन्त्यमा कार्यकारी परिषद्बाट कृषि स्नातक पढाइ हुने सात र वन विज्ञान पढाइ हुने एक गरी देशका विभिन्न स्थानका आठवटा निजी कलेजलाई सम्बन्धन दिइएको बताउनुभयो । 

उपकुलपति ढकालले विश्वविद्यालयको निर्णयअनुसार २०७२ जेठ २६ गते गोर्खापत्र दैनिकमा सूचना प्रकाशितपछि आवेदन परेका २४ क्याम्पसमध्ये सम्पूण प्रक्रिया पूरा गरेका आठ क्याम्पसलाई मात्र सम्बन्धन दिइएको बताउनुभयो । ठूलो संख्यामा कृषि शिक्षा पढ्ने विद्यार्थीको चाहना भएर पनि पढ्न नपाएको परिवेशमा आंगिकसँगै निजी क्याम्पसलाई सम्बन्धन दिइएको उहाँको भनाइ थियो । 

कार्यक्रममा विश्वविद्यालयका रजिष्टार मनराज कोलाक्षपतिले विधिसम्मत् ढंगबाट निजी क्याम्पसलाई सम्बन्धन दिँदा अनावश्यक आलोचना भएको बताउनुभयो । उहाँले पदाधिकारी कसैको पनि सम्बन्धन दिइएका निजी क्याम्पसमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा लगानी नभएको, कुनै आर्थिक प्रलोभनमा काम नभएको, भौतिक पूर्वाधार र प्रक्रिया पूरा गरेका क्याम्पसलाई मात्र सम्बन्धन दिइएको बताउनुभयो । 

सोही अवसरमा विश्वविद्यालयका अनुसन्धान निर्देशक डा नवराज देवकोटाले विश्वविद्यालयको मुख्य उद्देश्य अध्ययन, अनुसन्धान र प्रसार रहेको भन्दै सम्बन्धन पाएका क्याम्पसले पनि विश्वविद्यालयको उद्देश्यअनुसार काम गर्नुपर्ने बताउनुभयो । 

विश्वविद्यालयले कृषि स्नातकमा सम्बन्धन दिइएकामा पूर्वाञ्चल कृषि क्याम्पस झापा, जिविका कृषि विज्ञान कलेज इटहरी, भ्यालि कृषि क्याम्पस ललितपुर, हिमछाया कलेज गैंँडाकोट, रामनगर टेक्निकल एण्ड म्यानेजमेन्ट कलेज भूमही, गोर्खा युनाइटेड पब्लिक स्कुल कोहलपुर र ब्राइट मध्यपश्चिम कृषि तथा वन विज्ञान क्याम्पस सुर्खेत रहेका छन् । 

त्यसैगरी वन स्नातकमा सिद्धान्त क्याम्पस गैँंडाकोट रहेका छन् । सबै कलेजले ५०÷५० जना विद्यार्थी भर्ना गर्न पाउनेछन् । विश्वविद्यालयले हालसम्म चारवटा आंगिक क्याम्पस सञ्चालनमा ल्याएको छ । 

आउँदो शैक्षिक सत्रसम्ममा थप चारवटा आंगिक क्याम्पस सञ्चालनका लागि गृहकार्य भइरहेको जनाएको छ । विश्वविद्यालयका प्राध्यापक र विद्यार्थी संगठनले भने निजी क्याम्पसलाई सम्बन्धन दिन नहुने भन्दै विरोध जनाएका छन् । उनीहरुले विश्वविद्यालयमा तालाबन्दी गर्ने, हडताल गर्ने लगायतका विरोधका कार्यक्रम गरिरहेका छन् । 

सम्बन्धन स्थगन नभएसम्म हडताल जारी रहने जनाएका छन् । सरकारले प्राविधिक शिक्षा पढाउनका लागि भन्दै विसं २०६७ मा यो विश्वविद्यालय स्थापना गरेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो