2026-08-31 09:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

कृषि विश्वविद्यालयद्वारा निजी सम्बन्धनबारे जानकारी

साउन २, चितवन | कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरले सम्पूर्ण प्रक्रिया पूरा गरेर आठ निजी क्याम्पसलाई सम्बन्धन दिएको प्रष्ट पारेको छ । 

आठ निजी क्याम्पसलाई सम्बन्धन दिएपछि प्राध्यापक र विद्यार्थीले आन्दोलन चर्काउँदै लगेपछि विश्वविद्यालयले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी सम्बन्धन स्थगन हुन नसक्ने जनाएको छ । 

सो अवसरमा विश्वविद्यालयका उपकुलपति प्राडा ईश्वरीप्रसाद ढकालले विश्वविद्यालयको नियम मुताविक विद्या परिषद, प्राज्ञिक परिषद् र अन्त्यमा कार्यकारी परिषद्बाट कृषि स्नातक पढाइ हुने सात र वन विज्ञान पढाइ हुने एक गरी देशका विभिन्न स्थानका आठवटा निजी कलेजलाई सम्बन्धन दिइएको बताउनुभयो । 

उपकुलपति ढकालले विश्वविद्यालयको निर्णयअनुसार २०७२ जेठ २६ गते गोर्खापत्र दैनिकमा सूचना प्रकाशितपछि आवेदन परेका २४ क्याम्पसमध्ये सम्पूण प्रक्रिया पूरा गरेका आठ क्याम्पसलाई मात्र सम्बन्धन दिइएको बताउनुभयो । ठूलो संख्यामा कृषि शिक्षा पढ्ने विद्यार्थीको चाहना भएर पनि पढ्न नपाएको परिवेशमा आंगिकसँगै निजी क्याम्पसलाई सम्बन्धन दिइएको उहाँको भनाइ थियो । 

कार्यक्रममा विश्वविद्यालयका रजिष्टार मनराज कोलाक्षपतिले विधिसम्मत् ढंगबाट निजी क्याम्पसलाई सम्बन्धन दिँदा अनावश्यक आलोचना भएको बताउनुभयो । उहाँले पदाधिकारी कसैको पनि सम्बन्धन दिइएका निजी क्याम्पसमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा लगानी नभएको, कुनै आर्थिक प्रलोभनमा काम नभएको, भौतिक पूर्वाधार र प्रक्रिया पूरा गरेका क्याम्पसलाई मात्र सम्बन्धन दिइएको बताउनुभयो । 

सोही अवसरमा विश्वविद्यालयका अनुसन्धान निर्देशक डा नवराज देवकोटाले विश्वविद्यालयको मुख्य उद्देश्य अध्ययन, अनुसन्धान र प्रसार रहेको भन्दै सम्बन्धन पाएका क्याम्पसले पनि विश्वविद्यालयको उद्देश्यअनुसार काम गर्नुपर्ने बताउनुभयो । 

विश्वविद्यालयले कृषि स्नातकमा सम्बन्धन दिइएकामा पूर्वाञ्चल कृषि क्याम्पस झापा, जिविका कृषि विज्ञान कलेज इटहरी, भ्यालि कृषि क्याम्पस ललितपुर, हिमछाया कलेज गैंँडाकोट, रामनगर टेक्निकल एण्ड म्यानेजमेन्ट कलेज भूमही, गोर्खा युनाइटेड पब्लिक स्कुल कोहलपुर र ब्राइट मध्यपश्चिम कृषि तथा वन विज्ञान क्याम्पस सुर्खेत रहेका छन् । 

त्यसैगरी वन स्नातकमा सिद्धान्त क्याम्पस गैँंडाकोट रहेका छन् । सबै कलेजले ५०÷५० जना विद्यार्थी भर्ना गर्न पाउनेछन् । विश्वविद्यालयले हालसम्म चारवटा आंगिक क्याम्पस सञ्चालनमा ल्याएको छ । 

आउँदो शैक्षिक सत्रसम्ममा थप चारवटा आंगिक क्याम्पस सञ्चालनका लागि गृहकार्य भइरहेको जनाएको छ । विश्वविद्यालयका प्राध्यापक र विद्यार्थी संगठनले भने निजी क्याम्पसलाई सम्बन्धन दिन नहुने भन्दै विरोध जनाएका छन् । उनीहरुले विश्वविद्यालयमा तालाबन्दी गर्ने, हडताल गर्ने लगायतका विरोधका कार्यक्रम गरिरहेका छन् । 

सम्बन्धन स्थगन नभएसम्म हडताल जारी रहने जनाएका छन् । सरकारले प्राविधिक शिक्षा पढाउनका लागि भन्दै विसं २०६७ मा यो विश्वविद्यालय स्थापना गरेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन सुनको मूल्यमा भारी गिरावट शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार