२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिराहामा पच्चिस सय लिटर अवैध घरेलु मदिरा नष्ट

३ श्रावण २०७५, बिहीबार ०२:४८

राम नारायण पंडित, साउन ३, सिरहा । मिर्चैया प्रहरीले पचीस सय लिटर अबैध घरेलु मदिरा नष्ट गरेका छन् । अवैध घरेलु मदिरा नियन्त्रण अभियान अन्तर्गत ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरिक्षक कैलाश चौधरीको कमाण्डमा बुधबार खटिएको प्रहरीको गस्ति टोलीले मिर्चैया नगरपालिका बडा नं. ७ फुलबरीयामा अबैध रुपमा संचालित ५ वटा घरेलु मदिरा भट्टीलाई नियन्त्रणमा लिई २५ सय लिटर कच्चा पदार्थ र तयारी मदिरा नष्ट गरेका छन् । 


घरेलु मदिराले समाजमा सुरक्षा लगायत अन्य सामाजिक बाताबरणमा खल्ल पु¥याउने देखिएकोेले बरामद गरी नष्ट गर्न अभियान नै सुरु गरीएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक (डिएसपी) दिपेन्द्र शाहले बताए । घरेलु मदिराले महिला हिंसा बढ्ने र समाजमा अवाञ्छित क्रियाकलाप हुने भएको कारणले घरेलु मदिरा उत्पादनमा नियन्त्रण कायम गर्न आवश्यक रहेको उनले स्पष्ट गरे । उनले भने, “निरन्तर अभियान चलाएर घरेलु मदिराको उत्पादन र बेचबिखनमा नियन्त्रण गर्छै ।” घरेलु मदिरा बेचेरै कसैको दैनिकी चलेको भएपनि अब अन्य व्यावसाय गरी आत्मनिर्भर बन्नतिर लाग्नुपर्ने भन्दै घरेलु मदिरा उत्पादनमा रोक लगाएरै छाड्ने डिएसपी शाहले दाबी गरे ।


सीमावर्ती भारतको विहार राज्यमा त्यहाँको सरकारले मदिरा किनबेच र सेवनमा प्रतिबन्ध लगाएपछि भारतीय ग्राहकलाई लक्षित गरी यहाँ घरेलु मदिरा उत्पादनमा बृद्धि भएको बताईएको छ । चुरे डाँडादेखि सीमावर्ती क्षेत्रसम्म घरेलु मदिरा उत्पादन भइरहेको श्रोतको भनाई रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का