2026-09-19 09:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङकी प्रबृति बनिन् भिजन आईडल फस्ट रनरअप

चिसाङ शेर्पा | साउन ३, खोटाङ | खोटाङकी प्रबृत्ति राई ओखलढुंगामा सम्पन्न भिजन आईडल दोश्रो सिजनको पहिलो रनरअप भएकी छन् । भिजन नेपाल ओखलढुंगाको आयोजनामा भएको प्रतियोगीतामा दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेकी प्रबृत्ति उत्कृष्ट प्रर्फमेन्स प्रस्तुत गरेर प्रतियोगिताको पहिलो रनरअप भएकी हुन् । बुधबार ओखलढुंगाको सदरमुकामस्थित जिल्ला समन्वय समितिको समिक्षालय हलमा सकिएको अन्तिम अडिसनमा पहिलो रनरअप भएसँगै प्रबृत्तिले नगद १५ हजारका साथमा मायाँको चिनो, मेडल र प्रमाण–पत्र प्राप्त गरेकी छन् ।

प्रबृत्तिलाई भोटद्धारा जिताउन खोटाङमा साईनो कलाकेन्द्रले ४० हजार आर्थिक सहयोग संकलन गरेको थियो । गायीका बनाउने आमाबाबुको सपना पूरा गर्नका लागि प्रबृत्ति सांगीतिक क्षेत्रमा संघर्ष गरिरहेकी छन् । तर, परिवारको सपना पूरा नहुँदै क्यान्सरले आमाको मृत्यु भएपछि विचल्नीमा परेकी प्रबृत्तिलाई साईनो कलाकेन्द्रले निशुल्क संगीत अध्ययन गर्ने अवशर दिइरहेको साईनो कला केन्द्र खोटाङका अध्यक्ष प्रमोद श्रेष्ठले बताए । क्यान्सर लागेकी आमाको उपचार असफल भएपछि र परिवार ऋणमा परेर निरास बनेकी प्रबृत्तिलाई साईनो कला केन्द्रले दिक्तेल ल्याएर संगीत सिक्ने अवशर दिएको हो अध्यक्ष श्रेष्ठले भने, ‘हाल दिक्तेल बसिरहेकी प्रबृत्ति बालसेवा समाज नेपालको पुस्तकालयमा काम गर्दै साईनो कला केन्द्रमा संगीत अध्ययन गरिरहेकी छन् ।’

गाउँ–गाउँमा लुकेर रहेका गायनका प्रतिभाको पहिचान गर्दै प्रोत्साहन गर्नका लागि भिजन नेपालले गत वर्षदेखि गर्दै आएको भिजन आईडल दोश्रो सिजनमा मानेभन्ज्याङ गाउँपालिका ओखलढुंगाका मनोज कुमार राई प्रतियोगिताका बिजेता भएका छन् । भिजन आईडलका बिजेताले नगद २५ हजारका साथमा शिल्ड, मेडल र प्रमाण–पत्र पाएका छन् । सुनकोशी गाउँपालिका ओखलढुंगाकै सरीता तामाङ दोश्रो रनरअप भएकी छन् । उनले नगद १० हजारको साथमा मायाँको चिनो, मेडल र प्रमाण–पत्र प्राप्त गरेकी छन् । प्रतियोगिताका बिजयीहरुलाई ओखलढुंगाका प्रतिनिधिसभा सदस्य यज्ञराज सुनुवार लगायतले पुरस्कार वितरण गर्नुभएको थियो । भिजन नेपालको वार्षिक उत्सवको अवसरमा साउन २ गते एकल गायन र भिजन एफएमको वार्षिक उत्सवको अवशरमा फाल्गुण २ गते एकल नृत्य प्रतियोगिता सञ्चालन हुँदै आएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई