२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरमा ट्राफिक कार्यालयले गर्यो ४९ लाख राजश्व संकलन

२०७५, ३ श्रावण बिहीबार ०७:४६

साउन ३,  कञ्चनपुर | जिल्ला ट्राफिक कार्यालय महेन्द्रनगरले आर्थिक वर्ष २०७४÷७५ मा रु ४९ लाख १८ हजार राजश्व संकलन गरेको छ । 

दण्ड जरिवाना, मादक पदार्थ सेवन, नियम मिच्ने सवारी चालक, लाइसेन्स र ब्लुबुक नबोक्ने सवारी धनीबाट राजश्व संकलन गरिएको हो । मादक पदार्थ सेवन गरी सवारी साधन हाँक्ने एक सय २० जनाबाट रु एक लाख ८५ हजार जरिवाना असुल गरिएको छ । 

वर्षभरिमा २५ वटा चोरीका गाडी भेटिएको र उक्त गाडी भन्सारको जिम्मा लगाइएको ट्राफिक कार्यालयका प्रहरी निरीक्षक भरतबहादुर शाहले जानकारी दिनुभयो । कार्यालयले गत आवमा असारमा रु पाँच लाख ४९ हजार, साउनमा रु तीन लाख ४५ हजार, भदौमा रु तीन लाख ४३ हजार, असोजमा रु चार लाख ४३ हजार र कात्तिकमा रु पाँच लाख तीन हजार राजश्व संकलन गरेको थियो । 

यस्तै, मंसिरमा रु तीन लाख एक हजार, पुसमा रु दुई लाख ७४ हजार, माघमा रु तीन लाख ६७ हजार, फागुनमा रु तीन लाख ४३ हजार, चैतमा रु पाँच लाख ४१ हजार, वैशाखमा रु पाँच लाख एक हजार, जेठमा रु पाँच लाख सात हजार र असारमा रु पाँच लाख ४९ हजार राजश्व संकलन गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण