2026-08-25 07:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

प्रदेश नं १ को राजधानी गोठगाउँ हुनुपर्ने सुझाव

साउन ३, भद्रपुर | प्रदेश नं १ को राजधानी मोरङको गोठगाउँ राख्नु उपयुक्त हुने झापाका नागरिक समाजका प्रतिनिधिले सुझाव दिएका छन् । 

पूर्वाञ्चल विश्वविद्यालयसहित गोठगाउँको ८०० बिगाहा सरकारी जमीनमा प्रदेशको राजधानी राख्नुपर्ने र त्यो ठाउँ सबैलाई पायक पर्ने आज बिर्तामोडमा संवाद समूहले आयोजना गरेको छलफल कार्यक्रममा ज्येष्ठ नागरिक, विभिन्न संघसंस्था तथा क्षेत्र र नागरिक समाजका प्रतिनिधिले सुझाव दिएका हुन् । 

“चौधवटा जिल्लालाई पायक पर्ने र हरेक दृष्टिले उपयुक्त ठाउँ गोठगाउँलाई प्रदेश १ को राजधानी बनाउनुपर्छ”, ज्येष्ठ नागरिक तथा वीरता जेसिजका संस्थापक अध्यक्ष गोपालकुमार बस्नेतले भन्नुभयो, “दीगोरुपमा सोच्ने हो भने गोठगाउँमा राजधानी बनाउनुको विकल्प छैन ।” 

प्रदेशको राजधानी मोरङ कि सुनसरी भन्ने बहस चर्किएको बेला सुनसरीको इटहरीबाट थोरै पूर्व मोरङको गोठगाउँ मै राजधानी राख्नुपर्ने छलफलमा सहभागी हरि ओझाले बताउनुभयो । 

राष्ट्रिय उपभोक्ता मञ्च झापाका अध्यक्ष मदनगोपाल सुब्बा, नेपाल परिवार नियोजन संघ झापाका अध्यक्ष केदार गिरीले सबैको भावनाको सम्मान र सबैलाई पायक पर्ने ठाउँ गोठगाउँ नै भएको विचार व्यक्त गर्नूभयो । 

मेची डिलर एसोसिएसनका अध्यक्ष राजेन्द्रकुमार थापाले भौगोलिक र प्राकृतिक दृष्टि, खुला वातावरण, पूर्व–पश्चिम राजमार्गको नजिक, मेची–कोशीको केन्द्रबिन्दु, पूर्वाञ्चल विश्वविद्यालयसमेत रहेको ८०० बिगाहा जमीन भएको गोठगाउँलाई दिगो सोचका साथ राजधानी बनाउनुपर्ने बताउनुभयो । 

विराटनगर अस्तव्यस्त, प्रदूषित, साँघुरो, भीडभाड, डुबाउ क्षेत्र भएको, भारतीय सीमा नजिक रहेकाले त्यहाँ राजधानी उपयुक्त नहुने छलफलमा सहभागीको धारणा थियो । 

प्रदेश १ को नाम विराट र सगरमाथामध्ये एक वा विराट–सगरमाथा राख्नुपर्नेमा धेरैको मत मिलेको थियो । छलफलको सहजीकरण संवाद समूहका संयोजक अधिवक्ता दीपेन्द्र भट्टराई, अधिवक्ता खगेन्द्र खरेलले गर्नुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’ बाढी-पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा युवक पक्राउ घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढ्दैछ : श्रममन्त्री यादव बुधबार संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, ११ सांसदले सोध्दैछन् प्रश्न आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम प्रतिनिधि सभाको बैठक स्थगित सुन-चाँदीको मूल्य घट्यो इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग