२०८३, १ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिन्धुलीमा बस र पिकअप ठोक्किँदा ७ घाइते, २ को अवस्था गम्भीर

२०७५, ३ श्रावण बिहीबार १२:२२

साउन ३, सिन्धुली | बिपी राजमार्गमा बस र पिकअप बोलेरो एकापसमा ठोक्किँदा सातजना घाइते भएका छन् । 

सुनकोसी गाउँपालिका–३ रातमाटा बजारमा दुई सवारी ठोक्किँदा बसमा सवार चार र बोलेरोमा सवार तीन गरी सातजना घाइते भएका हुन् । 

सिन्धुलीतर्फबाट काठमाडौँ जाँदै गरेको सगरमाथा प्रालिको बा३ख २५४० नंको बस र काठमाडौँबाट सर्लाहीका लागि गुडेको ना४त ५२५३ नको कुखुरा बोक्ने पिकअप बोलेरो एकापसमा ठक्कर खाएको इलाका प्रहरी कार्यालय खुर्कोट सिन्धुलीका प्रहरी निरीक्षक अशोक झाले जानकारी दिनुभयो । 

दुर्घटनामा घाइते भएकाहरुको उपचारका लागि अहिले धुलिखेलतर्फ लगिएको छ । दुर्घटनामा सिन्धुली गोलज्नोर गाउँपालिका निवासी पवन ठकुरी र फिक्कल गाउँपालिका निवासी बसका सहचालक उज्ज्वल बरालको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । 

बस र बोलेरो दुवैको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । सडकको घुम्तीमा बसले हायसलाई उछिन्ने क्रममा दुर्घटना भएको स्थानीयवासीले बताएका छन् । बिपी राजमार्गमा ठूला सवारी साधन सञ्चालनमा रोक लगाइँदा दुर्घटना कमी भएको थियो । सर्वोच्च अदालतले ठूला सवारी साधनलाई पनि सञ्चालन गर्न पुरानै आदेशलाई गत असार ३१ गतेबाट निरन्तरता दिएपछि दैनिक दुर्घटना दर बढेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ सामग्री खरिद नगर्न निर्देशन मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु राष्ट्रपति पौडेलसँग राष्ट्रसंघीय प्रतिनिधिको भेट सुनचाँदीको मूल्यमा गिरावट राष्ट्रपतिले गरे नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन हामीले सरकारको विरोध गर्ने होइन, राम्रो कामको समर्थन गर्नुपर्छ: गगन थापा प्रधानमन्त्री जवाफ दिन नआए हाम्रो पार्टी बाहिरिनेछ : हर्क साम्पाङ हिजोका सरकारले गरेका राम्रा कार्यक्रम खुलेर होइन लुकेर लिन खोजियो: सांसद अर्याल सरकारको नीति तथा कार्यक्रम पुरानै कार्यक्रमको निरन्तरता हो: सांसद झाँक्री प्रतिनिधिसभामा सुरु भयो नीति तथा कार्यक्रममाथि छलफल प्रधानमन्त्री संसदमा उपस्थित नभएसम्म कांग्रेसले विरोध जारी राख्ने प्रतिनिधि सभाको बैठक शुरू लोकतान्त्रिक अभ्यासमा संसद्लाई छलेर अघि बढ्ने कुरा स्वीकार्य नहुने: योगेश भट्टराई सुन-चाँदीको मूल्य बढ्यो सर्वोच्चको मौनताप्रति बारको ध्यानाकर्षण ‘बोल्न नदिने सरकार र बोल्दै नबोल्ने प्रधानमन्त्रीविरुद्ध’ भन्दै माइतीघर मण्डलामा प्रदर्शन कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा नेपाल आयल निगमका कार्यकारी निर्देशक भट्टले दिए राजीनामा बादलको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाइयो प्रधानमन्त्रीलाई संसदमा र्‍याप हान्न बोलाएको होइन, जवाफ दिन बोलाइएको हो: ज्ञानेन्द्र शाही