2026-09-19 12:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापामा एम्बुलेन्सको ठक्करबाट एकको मृत्यु

साउन ३, दमक | एम्बुलेन्सको ठक्करबाट झापा, कमल गाउँपालिका–५ का ६५ वर्षीय देउमान राईको मृत्यु भएको छ । 

पूर्व–पश्चिम राजमार्गको चुलाचुलीमोडस्थित सडकखण्डमा आज बिहान एम्बुलेन्सले ठक्कर दिँदा स्थानीय पैदलयात्री राईको घटनास्थलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । 

पाँचथरबाट आउँदै गरेको मे१च ९९२ नंको एम्बुलेन्सले ठक्कर दिँदा एम्बुलेन्स सडकदेखि उत्तरतर्फ पल्टिएको थियो । तर एम्बुलेन्स चालक सन्तोष पराजुलीले भने चरनमा रहेको गाईलाई ठक्कर दिँदा दुर्घटना भएको बताउँदै ढाकछोप गरेका थिए । तर प्रहरीले दुर्घटनाका बारेमा थप अनुसन्धान जारी राखेपछि घटना भएको करीब १२ घण्टापछि दिउँसो ती पैदलयात्रीको मृत्यु भएको चालकले स्वीकार गरेको प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताउनुभयो । 

घटनापछि शव सडक नजिकको झाडीबाट निकालेर परीक्षण गरिएको प्रनाउ गिरीले बताउनुभयो । प्रहरीले दुर्घटनामा संलग्न एम्बुलेन्स र चालक पराजुलीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाएको छ ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो