2026-08-25 07:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

विराटनगरमा ‘छोरी बचाऊ’ पछि ‘छोरी पढाउ’ अभियान

गोपालप्रसाद पोखरेल | साउन ४, मोरङ | विराटनगर महानगरका उपप्रमुख इन्दिरा कार्कीको अग्रसरतामा शुरु भएका कतिपय कार्यक्रमले निक्कै प्रशंसा बटुलेपछि उहाँले फेरी अर्को महत्वपूर्ण कार्यक्रम घोषणा गर्नुभएको छ । 

कार्यभार सम्हालेको एक वर्षको छोटो अवधिमै ‘छोरी बचाऊ’ अभियान निक्कै लोकप्रिय बन्न पुगेपछि उपप्रमुखको योजना कार्यक्रमअन्तर्गत ‘छोरी पढाउ’ अभियान शुरु हुँदैछ । महानगरका ग्रामीण क्षेत्रमा बसोबास गर्ने विपन्न परिवारका बालिकालाई लक्षित गरेर यो अभियान शुरु हुने उहाँले जानकारी दिनुभयो । एक वर्षकै कार्यकालमा जनताबीच निक्कै लोकप्रिय भइसक्नुभएकी कार्की कुराभन्दा काममा बढी विश्वास गर्नुहुन्छ । 

पछिल्लो यो घोषणाले उहाँको लोकप्रियता अझै चुलिएको छ । जनप्रतिनिधिले जनताबीच वाचा गरेका कतिपय कुरा पूरा गर्न नसकिरहेको बेला कार्कीको अग्रसरतामा भएका कतिपय कार्यले ठूलो सफलता प्राप्त गरेपछि उहाँलाई नगरवासीले भरोसाको केन्द्रमा राखेका छन् । ‘छोरी पढाउ’ अभियानअन्तर्गत दोस्रो सन्तानका रूपमा छोरीनै जन्माएमा उच्च शिक्षा हासिल गर्न महानगरले रु २५ हजार अग्रिम जम्मा गरिदिने भएको हो । 

उहाँले भन्नुभयो, “पहिलो सन्तान छोरी भएको हुनुपर्छ र दोस्रो सन्तान छोरी भएर एक महिनाभित्रमै जन्म दर्ता गरेपछि महानगरले अध्ययन गर्नकै लागि रु २५ हजार जम्मा गरिदिन्छ । यो अभियान विपन्न परिवारलाई लक्षित गरेर ल्याइएको हो, उहाँले थप्नुभयो, “आर्थिक अभावले बालिका पढ्नबाट वञ्चित हुन नपरोस् भन्ने ध्येय राखेर उपप्रमुख योजना कार्यक्रम ल्याइएको हो ।” तर यसका लागि महानगरले शर्त पूरा गरेका अभिभावकलाई मात्र रु २५ हजार नगद जम्मा गर्ने जनाएको छ । गर्भवती भएकाले बच्चा जन्मिनुअघि कम्तीमा सात पटक स्वास्थ्य जाँच गरेको हुनुपर्छ । 

कुनै पनि स्वास्थ्य संस्थामा जाँच गरेको प्रमाणपत्र पेश गरेपछि नगद रु २५ हजार जम्मा हुन्छ । सामुदायिक विद्यालयमा अध्ययन भएका बालिकालाई मात्र यो योजनाअन्तर्गतको रकम उपलब्ध गराइने उपप्रमुख कार्कीले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’ बाढी-पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा युवक पक्राउ घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढ्दैछ : श्रममन्त्री यादव बुधबार संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, ११ सांसदले सोध्दैछन् प्रश्न आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम प्रतिनिधि सभाको बैठक स्थगित सुन-चाँदीको मूल्य घट्यो इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग