२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

एक करोड लागतमा खानेपानी आयोजना निर्माण

२०७५, ४ श्रावण शुक्रबार ०६:५९

साउन ४, चितवन | पूर्वी चितवनको कालिका नगरपालिका–१ गडुवामा रु एक करोड लागतमा खानेपानी आयोजना निर्माण गरिएको छ । 

पोखरास्थित गोर्खा वेल्फेयर ट्रष्ट, ग्रामीण खानेपानी तथा सरसफाइ कार्यक्रमको आर्थिक तथा प्राविधिक सहयोगमा खानेपानी आयोजना निर्माण भएको हो । 

मिटर प्रणालीमा धारासहितको खानेपानी आयोजना सम्पन्न भएपछि स्थानीयवासी हर्षित भएका छन् । बिहीबारमात्रै उक्त खानेपानी आयोजना स्थानीय समुदायलाई हस्तान्तरण गरिएको गडुवा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सचिव चेतकुमार सुनारले जानकारी दिनुभयो । 

उहाँका अनुसार खानेपानी आयोजनाको गतसाल कात्तिकबाट निर्माण शुरु भएको थियो । आयोजनाबाट यहाँ १५८ घरमा मिटर प्रणालीको धारा जडान भएको छ । 

डिप बोरिङ गरी पानी निकालिएको आयोजनाको ३० घनमिटरको ‘ओभरहेड रिजर्भ ट्याङ्की’ रहेको छ । आयोजनामा कूल नौ हजार २३४ मिटर लामो पाइप बिच्छ्याइएको छ । 

आयोजनाको कूल लागत रु एक करोड एक लाख ५२ हजारमध्ये सहयोगी संस्थाबाट रु ८५ लाख ८६ हजार र स्थानीय समुदायको तर्फबाट रु १५ लाख ६६ हजार लागत लागेको आयोजनाले जनाएको छ । 

खानेपानी उपभोक्ता समितिका अध्यक्ष लीलाबहादुर केसीले स्थानीय समुदायले शुद्ध खानेपानी पिउन पाउने भएपछि खुशी व्यक्त गर्नुभयो । निकट भविश्यमै यहाँको लंकालाइन र सूर्यपुरमा समेत खानेपानी आयोजना निर्माण हुने जनाइएको छ । 

कालिका नगरपालिका–१ का वडाध्यक्ष लीलाबहादुर गुरुङले स्थानीय समुदायका लागि खानेपानी आयोजना महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण