२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

चर्को पार्किङ शुल्क विवाद

४ श्रावण २०७५, शुक्रबार ०८:५७

साउन ४, भीमदत्तनगर | भीमदत्त नगरपालिले चर्को पार्किङ शुल्क लगाएपछि भारतीय नम्बर प्लेटका चारपाङ्ग्रे सवारी साधन आजदेखि नेपाल भित्रिएका छैनन् । 

स्थानीयवासीले नेपाली चेकपोष्ट र भन्सार जाँचअघि नै नगरपालिकाले पार्किङ शुल्क लिन अनुमति दिएको भन्दै त्यसको विरोध गरेका छन् । विवादपछि आज बिहानबाट कर संकलनको जिम्मा पाएका निर्माण व्यवसायी समस्यामा परेका छन् । 

चालू आर्थिक वर्ष २०७५÷७६ का लागि विदेशी सवारी साधनबाट कर संकलन गर्न बालाजी पवनदीप निर्माण सेवाले ठेक्का पाएको थियो । सो निर्माण सेवाका सञ्चालक लीलाधर भट्टले वार्षिक करसहित रु ३७ लाख ११ हजार नगरपालिकालाई तिर्ने गरी ठेक्का आफूले लिएको बताउनुभयो । 

भारतीय सवारी साधन नेपालतर्फ नआएपछि कर संकलन प्रभावित बनेको छ । विदेशी बस÷ट्रक पार्किङवापत रु ४२५, कार÷जीपबाट रु १४२, म्याजिकबाट रु ७१ तथा अटो÷टेम्पोबाट रु ३५ पार्किङ शुल्क लिने गरेको उहाँले बताउनुभयो । 

इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार विगतमा द्वन्द्वका बेलादेखि नै गड्डाचौकीमा कर संकलन गरिँदैआएको छ । “शुल्क संकलन गर्न थालेको १० वर्ष भइसक्यो,” निर्माण व्यवसायी भट्टले भन्नुभयो, “चालू आवमा शुल्कमा वृद्धि भएको छ ।” 

भारतीय नम्बर प्लेटका सवारी साधनलाई महेन्द्रनगरसम्म चलाउने अनुमति दिन कञ्चनपुर भन्सारले सुविधा काटने गरेपनि यहाँ पार्किङको भने सुविधा छैन । सडक कर वृद्धि गरेको भन्दै भीमदत्तनगरमा पनि विगत तीन दिनदेखि अटो रिक्सा मजदूर आन्दोलनमा छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो