Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

आमा समूहद्वारा भूकम्प प्रतिरोधात्मक भवन निर्माण

By kit 2 मिनेट पढाइ

साउन ४, खोटाङ | हलेसी तुवाचुङ नगरपालिका–७ मा स्थापित गोदाबरी आमा समूहले भूकम्प प्रतिरोधात्मक भवन निर्माण गरेको छ ।

नगरपालिकाको रु ११ लाख र स्थानीयवासीको रु दुई लाखभन्दा बढीको जनश्रमदान जुटाइ सुविधा सम्पन्न भवन निर्माण गरिएको हो ।

भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न भवन निर्माण भएपछि कामकाज गर्न सहज भएको आमा समूहले जनाएको छ । यसअघि भवन नहुँदा उनीहरूले विद्यालयको कक्षाकोठा, खुला चउर तथा स्थानीयवासीको घरमा आफ्नो नियमित कामकाज गर्दै आएका थिए ।

आयआर्जनका विभिन्न काम गर्दै आएका उक्त समूहमा आवद्ध महिलाले पछिल्लो समय व्यावसायिक तरकारी खेती पनि गर्न थालेका छन् । उक्त खेतीका लागि नगरपालिकाले टनेल, प्राविधिक सहयोग, बीउ बिजनसहित रु एक लाख बराबरको सहयोग उपलब्ध गराएको छ ।

सो सहयोगबाट तरकारी खेतीमा आवद्ध ३२ सदस्य लाभान्वित भएका छन् । रासस