2026-09-19 03:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

विराटनगरमा गर्मी बढ्दै

साउन ४, विराटनगर | विराटनगर आसपास क्षेत्रमा केही दिनदेखि गर्मी बढ्दै गएको छ । 

विराटनगर विमानस्थलको कन्ट्रोल रुमका अनुसार बिहीबार दिउँसोको तापक्रम ३७ डिग्री सेल्सियस थियो भने आज ३८ डिग्री सेल्सियस पुगेको छ । 

गर्मीका कारण सबै उमेर समूहका मानिस प्रभावित बनेका छन् । शीतलताको खोजीमा मानिस रुखको छहारीमा बसेर समय बिताउने गरेका छन् । 

गर्मीबाट बच्न सर्वसाधारण काँक्रा र चिसो पेय पदार्थ सेवन गर्ने गरेका छन् । सर्वसाधारण घरबाट बाहिर कमैमात्रामा निस्कने गरेका छन् । बजारमा दिउँसो चहलपहल अत्यन्त कम देखिन्छ । 

पछिल्लो समय पानी नपरेकाले गर्मी ह्वात्तै बढेको स्थानीयवासी इन्द्रप्रसाद दाहालले बताउनुभयो । उहाँले खेती रोप्ने समयमा पानी नपर्नु, हिल्याएको खेत सुक्न थाल्नुले किसान मर्माहत भएका छन् । 

सुनसरी–मोरङमा लगभग ४८ हजार हेक्टर जग्गामा सिँचाइ सुविधा पुर्याउने उद्देश्यले निर्माण भएको सुनसरी–मोरङ सिँचाइ आयोजनाबाट वितरण हुने पानीका लागि पनि किसानबीच विवाद हुने गरेको छ । खेत रोप्न तयार छ तर पानी छैन । नहरमा आउने पानीमा धेरै किसानको भाग लाग्ने भएकाले पनि समस्या देखिएको स्थानीयवासी वीरनारायण चौधरीले बताउनुभयो ।रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई