२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

हनुमन्ते सफाइमा २० टन फोहोर संकलन

५ श्रावण २०७५, शनिबार ०६:४९

साउन ५, भक्तपुर | भक्तपुर भएर बग्ने हनुमन्ते नदी सफाइ अभियानको आज २१औँ हप्ता मध्यपुरथिमिको डुबान क्षेत्र र अरनिको राजमार्ग खण्डअन्तर्गत एसएस चोकदेखि चारदोबाटो चोकसम्म सरसफाइ गरी फोहोर संकलन गरिएको छ । 

सूर्यविनायक नगरपालिका र प्रतिनिधिसभा सदस्य महेश बस्नेतको पहलमा भएको हनुमन्ते सफाइ अभियानकै अभियन्ता टोलीले गत असार २७ र २८ गते आएको बाढीले डुबान क्षेत्रमा ल्याएर थुपारेको फोहोर र अन्य फोहोर सफाइ गरेको थियो । 

कलाकार रवीन्द्र खड्काको प्रमुख आतिथ्यमा भएको आजको सफाइ अभियानमा २० टन फोहोर संकलन गरिएको छ । अभियानमा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, उपप्रमुख जुना बस्नेत, मध्यपुरथिमि नगरपालिकाका उपप्रमुख अञ्जना मधिकर्मी, स्थानीय नेता तथा कार्यकर्ता, माउण्ट भ्यू स्कूल र एसएस कलेजका विद्यार्थी, जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि एवं अभियन्ता गरी करीब ५०० को सहभागिता थियो । 

कार्यक्रममा प्रतिनिधिसभा सदस्य महेश बस्नेतले खोला मिचेर बनाइएका संरचना र व्यक्तिको नाममा गरिएका खोला अब सार्वजनिक जग्गाका रुपमा फर्काइने बताउनुभयो । उहाँले खोला मिच्ने प्रवृत्तिले हनुमन्तेमा बाढी आएको बताउँदै विगतमा पदको दुरुपयोग गरेर खोलाको जग्गा व्यक्तिको नाममा गरिएको पाइएकाले अब त्यस्ता जग्गालाई साविकअनुसार सार्वजनिक रुपमा नै फर्काइने उद्घोष गर्नुभयो । 

हनुमन्तेको बाढी बस्तीमा पस्नबाट रोक्न हनुमन्ते करिडोर निर्माण, हनुमन्तेलाई पानीको बहाव क्षेत्र आठ मिटरको फराकिलो बनाइने र खोलाको दायाँबायाँ डिलमा पर्खाल लगाउने उहाँले बताउनुभयो । 

कार्यक्रममा कलाकार रवीन्द्र खड्काले यस प्रकारको सामाजिक कार्यमा आफू जतिखेर पनि आउन तयार रहेको बताउँदै सबै मिलेर लागे सफाइ अभियान सफल भएर हराभरा, सफा भक्तपुर बनाउन सकिने विचार व्यक्त गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की