२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

मनकारी वडाध्यक्षः वर्ष दिनको तलब ज्येष्ठ नागरिकलाई

५ श्रावण २०७५, शनिबार ०७:३४

शेरबहादुर सिंह | भीमदत्तनगर, ५ साउन | भीमदत्त नगरपालिका–१ का १०५ वर्षिया झुसीदेवी विष्ट शनिबार बिहान वडा कार्यालयमा नातिनीको सहारामा पुग्नुभयो । 


अघिल्लो दिन वडा कार्यालयले गाउँभरिका ज्येष्ट नागरिक (७० वर्ष पुगेका) एकल महिला, दृष्टिबिहीन र अपांगता भएका व्यक्तिलाई वडा अध्यक्ष आसेफ कँुवर (भुन्टु) ले आफूले पाएको तलब दिने तयारी गरेका थिए । 

सोही अनुसार वडा कार्यालयबाट अध्यक्ष कुँवरले स्थानीय तहमा निर्वाचित भएपछि पाएको वर्ष दिनको तलब गाउँमै वितरण गरेका छन् । ‘मैले निर्वाचनमा मत माग्दै गर्दादेखि निर्वाचन जितिसकेपछि पनि पाँच वर्षसम्म सरकारी सुविधा नलिने बचन दिएकै थिएँ ।’ नेपाली काँग्रेसबाट निर्वाचित अध्यक्ष कुँवरले भन्नुभयो–“यो जनताकै करबाट पाएको तलब जनताकै हातमा सहयोगस्वरुप दिएको हुँ ।” 

ज्येष्ठ नागरिक समक्ष कार्यकालभरिको रकम आफू समाजमै परोपकारी काममा दिने पनि उहाँले बताउनुभयो ।” 

प्रतिव्यक्ति रु एक हजार पाँच सयका दरले १६३ जनालाई रकम वितरण गरिएको छ । “यहाँ आउन नसेका वृद्ध÷वद्धालाई घरमै गएर पनि रकम दिन्छु,” अध्यक्ष कुँवरले भन्नुभयो– ‘म तलब खान होइन, जनताको सेवा गर्न आएको हुँ ।’ 

तलब वापत पाएको रु दुई लाख ६२ हजार वडा कार्यालयका पदाधिकारीको सहयोगमा उहाँले आफै वितरण गर्नुभएको थियो । 

वडा अध्यक्ष कुँवरले जनप्रतिनिधिले स्थानीय तहबाट तलब सुविधा लिनु अशोभनिय हुने तर्क गर्नुभयो । “हामी लोकसेवा पास गरेर तलब खान स्थानीय तहमा आएका होइनौं,” अध्यक्ष कुवरले भन्नुभयो– “पाँच वर्षसम्म सुविधा नलिएर वडाको विकासदेखि जनताको हितका लागि काम गर्छु ।” 

वडाध्यक्षको मासिक तलब रु २२ हजार छ । ‘यहाँका ज्येष्ठ नागरिक मेरा अभिभावक हुन,” उहाँले भन्नुभयो–“उहाँहरुकै आर्शीवादले म राजनीतिमा अघि बढ्नेछु ।” 

वडा अध्यक्षले रकम वितरण गरेपछि स्थानीय ज्येष्ठ नागरिकमा खुशीयाली छाएको छ । उहाँहरुले अध्यक्ष कँुवरलाई जयजयकार गर्दै आर्शीवाद समेत दिएका छन् । तीन दशकदेखि गाउँमा बस्दै आउनु भएका ८६ वर्षीय लालबहादुर कुँवरले पहिलो पटक गाउँमा तलब रकम बाँडेको देखेको बताउनुभयो । 

‘प्रधानपञ्चदेखि गाविस अध्यक्षसम्म हामीले चुन्यौं,’ उहाँले भन्नुभयो–“तर यति मनकारी प्रतिनिधि पहिलो पटक पाएका हौं ।” 

एक सय पाँच वर्षीय झुसिदेवी विष्टले भन्नुभयो–“अध्यक्षले राम्रो काम गरे, जुगौंजुग बाँचिरहुन ।” पालैपालो रकम वितरण गर्दा अध्यक्षलाई अंगालो हार्दै कतिपय वृद्धाले खुशीका आँशु समेत झार्नुभयो । 

त्यसैगरी स्थानीय ७७ वर्षीय रामबहादुर विष्टले मनकारी अध्यक्ष पाएकोमा खुशीयाली समेत साटासाट गरेँ । अध्यक्ष कुँवरले तलब रकम वडामै वितरण गर्नुभएको सम्भवतः प्रदेश नं. ७ मा नै यो पहिलो घटना हो । 

स्थानीय प्रतिनिधि आएसँगै गाउँमा सडक, खानेपानी, विद्युत्, नदी नियन्त्रणका लागि तटबन्ध लगायत क्षेत्रको विकास समेत भएको स्थानीयवासीको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो