२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

मुक्त कमैयाका जीवनस्तर फेरिदै

२०७५, ६ श्रावण आईतवार ०३:३६

सिद्धराज भट्ट | साउन ६, धनगढी | मालिकको घरमा कमैया भएर बस्दाको समयमा काठ र फुसले बनेको कच्ची घर टहरोमा बसेकी मुक्तकमैया सुन्दरी चौधरीले आफ्नो जीवनमा पक्की घरमा बस्न पाइएला भनेर कहिल्यै सोच्नु भएको थिएन । 

तर मुक्तिपछिका दिनमा भएको सचेतनासँगै अहिले उहाँको जीवनशैली फेरिएको छ । मुक्तिपछिका दिनमा श्रीमान् नरेश चौधरीले सिकेको डकर्मी तालीमको व्यावहारिक उपयोग गर्दै गरिएको कामबाट राम्रै कमाइ हुन थालेपछि उहाँको परिवारको जीवनशैली पनि फेरिन थालेको हो । 

“कच्ची घर टहरामा बसेर मालिकले अह्राएको काम गर्नु पर्दा आफ्ना दिन फेरिन्छन् भन्ने सोचिएको थिएन, उहाँले खुशी हुँदै भन्नुभयो, “मुक्तिपछिका दिनमा सीप सिकेर गरिएको कामले आम्दानी हुँदा सन्तुष्ट भएकी छु ।” 

कमाइसंगै उहाँको धनगढीको पुरानो हवाई मैदानमा पक्की घर निर्माण अन्तिम चरणमा पुगेको छ । आफ्ना श्रीमान्को कामलाई सघाउँदै जाँदा सुन्दरी पनि अनुभवी डकर्मी बन्नुभएको छ । आफैँसँग घर चुनाइ गर्ने सीप भएकाले घर निर्माणमा सामग्रीबाहेकको खर्च नलागेको सुन्दरीले बताउनुभयो । 

“एउटा ठाउँमा पक्की घरको काम पाएकै बेला अर्को ठाउँमा घर निर्माणका लागि बोलावट भइहाल्छ, श्रीमती सुन्दरीले भन्नुभयो, आर्थिक समस्याकै कारण कुनै समयमा छोराछोरीलाई विद्यालय पठाउन सक्ने अवस्थामा नरहेका उहाँका चार छोराछोरी अहिले नजिकको विद्यालयमा गएर पढ्ने गरेका छन् । 

कैलालीको चौमालाका एक किसानको घरमा कमैयाका रुपमा विगतमा काम गरेका सुन्दरीको परिवार मुक्तिपछिका दिनमा धनगढीको पुरानो हवाई मैदानमा कच्ची घर बनाएर बसेको छ । 

अर्का मुक्तकमैया गोपाल चौधरीले किस्तामा विद्युतीय रिक्साको व्यवसाय शुरु गर्नुभएको छ । “रु चार लाखमा रिक्सा किनेर काम गरिरहेको छु, गोपालले भन्नुभयो मासिक किस्ता तिर्न र घर खर्चको जोहो गर्न पुगेको छ ।” 

उहाँले पनि विस्तारै आफ्नो पक्की घर निर्माण गर्ने सोच बनाउनु भएको छ । मुक्तकमैयाले पछिल्लो पटक गरिरहेको स्वरोजगारमूलक व्यवसायबाट आम्दानी वृद्धि हुँदा उनीहरुको जीवनयापन पनि पहिलेको भन्दा केही सहज बनेको देखिएको छ । 

धनगढीको पुरानो हवाई मैदानमा बसेका मुक्तकमैयालाई पुनःस्थापना जिल्ला समितिले प्रतिपरिवार पाँच धुर जग्गा उपलब्ध गराउने पहल थालेको भए पनि उनीहरुले अहिलेसम्म जग्गाको पूर्जा भने पाएका छैनन् । जग्गाको पूर्जा नपाउँदै पाँच धुर जग्गामा कतिपय पूर्वकमैया अहिले आफ्नो पक्की घर निर्माणमा लागेका छन् । 

पुरानो हवाई मैदानमा झण्डै ५० मुक्तकमैया परिवारको बसोबास रहेको छ । जिल्ला भूमिसुधार कार्यालयको तथ्यांकका अनुसार हालसम्म झण्डै चार हजारभन्दा बढी मुक्तकमैयालाई विभिन्न सीपमूलक र आयमूलक तालीम दिइएकोमा करीब ७० प्रतिशतले आफ्नो सीपको व्यावहारिक सदुपयोग गरेको देखिएको छ । 

मुक्तकमैयाले सिकर्मी, डकर्मी, सिलाइ कटाई, बंगुरपालन, कुखुरापालन, तरकारी खेतीलगायतका विषयमा तालीम पाउने गरेका छन् । शेरबहादुर देउवाको सरकारले विसं २०५७ साउन २ गते नेपालको कैलाली, कञ्चनपुर, बर्दिया, बाँके र दाङमा रहेको कमैया प्रथालाई अवैध घोषणा गर्दै कमैया मुक्ति घोषणा गरेको थियो । 

मुक्ति दिवसको अवसरमा मुक्तकमैयाले यहाँ विभिन्न कार्यक्रम गरी मुक्ति दिवस मनाएका छन् । कैलालीमा मुक्तकमैया परिवारको संख्या आठ हजार ९१० पहिचान भएकामा हालसम्म आठ हजार ४२९ मुक्तकमैया परिवारको पुनःस्थापन भइसकेको छ । अझै ४८१ जना मुक्तकमैया परिवारको पुनःस्थापना हुन बाँकी रहेको छ । 

सरकारले मुक्तकमैया परिवारको पुनःस्थापन कार्यक्रमअन्तर्गत मुक्तकमैयाको घर निर्माणका लागि जग्गा खरिदबापत प्रतिपरिवार रु दुई लाख, काठ खरिदका लागि रु एक लाख र घर मर्मतमा रु ५५ हजार उपलब्ध गराउँदै आएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस