Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

सेवासंगै विपत्ति निम्त्यायो ताल्च विमान स्थलले (हेर्नुस् ७ तस्विर)

२०७५, ६ श्रावण आईतवार ०६:१५

नन्द बहादुर रोकाय । साउन ६, मुगु । मुगु जिल्लाको हवाई सेवाको एकमात्र ताल्च विमान स्थलले सेवा सुविधासंगै विपत्ति निम्त्याएको छ। 

ताल्च विमानस्थल पिच भएसंगै पानीको नहर बुका खोलामा मिसाईएकाले ताल्च विमानस्थल मुनिका बस्ती पहिरोको उच्च जोखिमामा परेको छ। खोलामा आएको बाढीले संयौ बिगाहा जमिन कटान गरेको छ। बाढीसंगै आउने पहिरोका कारण स्थानीय भने चिन्तित भएका छन् ।  

बाढीको डरले खोला आसपासका स्थानीय रातभर जाग्रम बस्न बाध्य छन् । बुका खोलाले सयौ बिगाह जमिन पनि कटान् गरेको छ । खोला आसपासका बस्ति जोखिममा परेपनि यसप्रति कसैले ध्यान नदिएका छायाँनाथ रारा नगरपालीका वडा नं ४ का हिलादाङ्ख नेपालीले बताए । खोलाले बर्षनी कटान गदै जाने हो भने यसबाट खोलाको शिरमा रहेको रारातालको जमिनलाई पनि क्षति पुग्ने छायाँनाथ रारा नगरपालीका वडा नं ४ का स्थानीय राज्य नेपालीले बताए । ताल्चा विमानस्थलले निम्त्याएको यो समस्या छिटो समाधान गर्न स्थानीयले सरोकारवाला निकाय स्थानीय तहका प्रतिनिधि समक्ष माग गरेका भएपनी सुनुवाई नभएको स्थानीयको भनाई छ ।

त्यस्तै, मुगु सदरमुकाम गमगढीदेखि बालै हुदै पिनासम्म जोडिएको सडक पहिरोले अवरुद्ध भएको छ ।  बर्षातको पानीसंगै सडकमा पहिरो झरेपछी सडक अवरुद्द भएको हो । सडकको ठाउँ ठाउँमा पहिरो गहेको छ भने बुका खोलामा आएको पहिरोले सडक अवरुद्ध हुनका साथै आवतजावतमा निकै समस्या भएको छ । 

अवरुद्द सडक खुलाउने पहल कतैबाट भएको छैन । सडकमा पहिरो जाँदा यात्रुहरुलाई समस्या भएको छ । 

हिउदँका महिनामा सामान्य जिप र ट्याक्टरहरु सञ्चालन हुने भएपनि बर्षातको सिजनमा यो सडक बर्षेनी अवरुद्ध हुने गरेको छ । सडकको ट्रयाक खोलेको झण्डै ७ बर्ष वित्यो तर अझैपनि यस सडक खण्डमा सहज रुपमा यातायातका साधन गुड्न सक्दैनन् । 

मर्मत संहारको अभावमा सडक दिनप्रतिदिन जिर्ण र जोखिम पूर्ण बन्दै गएको छ । साविकका तिन गाविसबासी प्रत्येक्ष लाभाविन्त हुने यस सडक पछिल्लो समय  मर्मत सम्भारको अभावमा जिर्ण बन्दै गएपछि सडकखण्डमा गरिने यात्रा जोखिमपूर्ण बन्दै गएको हो । 

सदरमुकाम देखि १० किलोमिटर अगाडि पिनागा बि ससम्म पुगेको सडकलाई वि.स. २०६८ सालमा  साविकका तिन गा बि स कार्काीवाडा, श्रीनगर र पिना  गा बि सको  कर्णाीली रोजगारको रकममा विस्तार गरि गमगढी बालै हुदै पिना सम्म पुर्याइएको  थियो । 

त्यस पछी गहेको बर्ष  साविकको जिल्ला बिकास समितीको सहयोगमा ५० लाखमा सडक मर्मत गरीएको भएपनी त्यो काम झारा टार्ने पैसा कमाउने प्रविधिले मात्र काम भएको छायाँनाथ रारा नगरपालीका वडा नं ४ का हिद्धय सिङ्क नेपालीले बताए  । उहाँले भन्नु भयो सडक भने पुरानै गोरेटो बाटो जस्तै छ । यो समस्या बर्षेनी हुन्छ तर गमगढी बालै पिना सडकको स्तर उन्नतीको लागी कसैले चासो देखाएका छैनन । सडक सञ्जाल विस्तार भएपछि स्थानीयलाई सदरमुकाम आवत जावत गर्न तथा दैनिक खाद्यान्न लगायतका सामाग्री ढुवानीमा सहज भएपनि सडकको स्तरोन्नती नहुँदा  असुरक्षित यात्राले स्थानीय हैरानीमा परेका छन  । सडक विस्तार भएको लामो समय भईसक्दा समेत सडकको मर्मत सम्भार र स्तरोन्नतीमा स्थानीय सरकार र जिल्ला स्थित राजनितीक नेतृत्वहरुको ध्यान नपुगेको स्थानीयले गुनासो गरेका छन ।  सडक जिर्ण बन्दै गहेपछी बिद्यार्थी वृद्ध वृदा लाई  आवत जावतमा निकैै समस्या भएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ