२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिरहामा एक हजार नयाँ उद्योग दर्ता

७ श्रावण २०७५, सोमबार ०७:५७

साउन ७, लहान । सिरहामा आर्थिक वर्ष २०७४÷७५ मा एक हजार ११ घरेलु तथा साना उद्योग दर्ता भएका छन् । 

घरेलु तथा साना उद्योग कार्यालयका अनुसार आव २०७४÷७५ मा उत्पादनमूलक उद्योग २६०, सेवामूलक उद्योग ५५४ र कृषि तथा वनजन्य उद्योग १९७ नयाँ दर्ता भएका छन् । गत आवमा ८४२ नयाँ उद्योग दर्ता भएका थिए । 

जिल्लामा उत्पादन उद्योग एक हजार ३३८, कृषि तथा वनजन्य उद्योग ६६१ र सेवा उद्योग दुई हजार ७७० गरी घरेलु तथा साना उद्योगको संख्या चार हजार ७६९ पुगेको घरेलु तथा साना उद्योग कार्यालयका निमित्त प्रमुख लक्ष्मी पौडेलले जानकारी दिनुभयो । 

बैंक तथा वित्तीय संस्थाले घरेलु तथा साना उद्योगमा सहज रुपले ऋण लगानी गर्न थालेकाले जिल्लामा घरेलु तथा साना उद्योग दर्ता गराउने क्रम बढेको उहाँले बताउनुभयो । आव २०७४÷७५ मा ६१२ उद्योगको नवीकरण र नौवटा उद्योगको नामसारी गरिएको छ भने गत आवमा नयाँ उद्योग दर्ताबाट रु ५१ लाख ५३ हजार राजश्व संकलन भएको थियो ।  (रासस)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का