२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

५३ लाख नगदसहित पाँच हुण्डी कारोबारी पक्राउ

२०७५, ७ श्रावण सोमबार १५:५६

साउन ७, काठमाडौँ । महानगरीय अपराध महाशाखाले रु ५३ लाख १९ हजार ६७५ नगदसहित पाँच हुण्डी कारोबारीलाई पक्राउ गरेको छ । 

महाशाखाबाट खटिएको टोलीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा गैरकानूनी तवरले हुण्डीको कारोबार गरी राजश्व छली गर्ने भारतका ४५ वर्षीय विजय गुप्ता, २९ वर्षीय अंकित अग्रवाल, ललितपुरका २३ वर्षीय दीपक श्रेष्ठ, धनकुटाका १८ वर्षीय पुजन छाला जिमी र चितवनका २९ वर्षीय संजित पाण्डेलाई आज पक्राउ गरेको हो । 

महाशाखाले न्यूरोड र कुलेश्वर क्षेत्रका विभिन्न स्थानमा छापामारी चेकजाँच गर्दा नगद, चेक र विभिन्न बैंकका हस्ताक्षर गरी राखिएका चेकबुक, हुण्डी कारोबारसहितको विवरण, हुण्डी कारोबार गरिएका कागजात बरामद गरेको छ । 

पक्राउ परेका गुप्तासँग रु ३४ लाख ६८ हजार, अग्रवालसँग रु पाँच लाख सात हजार ६७५, श्रेष्ठसँग रु नौ लाख ९० हजार, जिमीसँग रु २३ हजार र पाण्डेसँग रु तीन लाख ३१ हजार नगद बरामद गरेको हो । यस्तै पाँचै जनासँग रु २३ लाख १३ हजारको चेकसमेत बरामद गरेको छ । 

पक्राउ परेकालाई आवश्यक अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पठाइएको महाशाखाले जनाएको छ ।  (रासस)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ