२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

५३ लाख नगदसहित पाँच हुण्डी कारोबारी पक्राउ

७ श्रावण २०७५, सोमबार १५:५६

साउन ७, काठमाडौँ । महानगरीय अपराध महाशाखाले रु ५३ लाख १९ हजार ६७५ नगदसहित पाँच हुण्डी कारोबारीलाई पक्राउ गरेको छ । 

महाशाखाबाट खटिएको टोलीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा गैरकानूनी तवरले हुण्डीको कारोबार गरी राजश्व छली गर्ने भारतका ४५ वर्षीय विजय गुप्ता, २९ वर्षीय अंकित अग्रवाल, ललितपुरका २३ वर्षीय दीपक श्रेष्ठ, धनकुटाका १८ वर्षीय पुजन छाला जिमी र चितवनका २९ वर्षीय संजित पाण्डेलाई आज पक्राउ गरेको हो । 

महाशाखाले न्यूरोड र कुलेश्वर क्षेत्रका विभिन्न स्थानमा छापामारी चेकजाँच गर्दा नगद, चेक र विभिन्न बैंकका हस्ताक्षर गरी राखिएका चेकबुक, हुण्डी कारोबारसहितको विवरण, हुण्डी कारोबार गरिएका कागजात बरामद गरेको छ । 

पक्राउ परेका गुप्तासँग रु ३४ लाख ६८ हजार, अग्रवालसँग रु पाँच लाख सात हजार ६७५, श्रेष्ठसँग रु नौ लाख ९० हजार, जिमीसँग रु २३ हजार र पाण्डेसँग रु तीन लाख ३१ हजार नगद बरामद गरेको हो । यस्तै पाँचै जनासँग रु २३ लाख १३ हजारको चेकसमेत बरामद गरेको छ । 

पक्राउ परेकालाई आवश्यक अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पठाइएको महाशाखाले जनाएको छ ।  (रासस)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का