2026-08-25 06:10 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

विराटनगर स्थायी राजधानी हुनुपर्नेमा जोड

मोहम्मद सदरुल, साउन ८, विराटनगर । सेवा, सुरक्षा र सुविधाको दृष्टिकोणले प्रदेश नं १ को राजधानी विराटनगर नै स्थायी राजधानी हुनुपर्नेमा जोड दिन थालिएको छ । 

पछिल्लो राजनीतिक परिवर्तनपछि मुलुकमा बनेका प्रदेशका अस्थायी राजधानीमध्ये सबै पूर्वाधारको दृष्टिकोणले विराटनगर नै स्थायी राजधानी बनाउनुपर्ने बहस भइरहेको हो । 

आर्थिक, सामाजिक, राजनीतिक र बहुसांस्कृतिकजस्ता विविधता रहेको विराटनगर शहर विसं १९७१ मा जिल्लाको पूर्वी तथा दक्षिणी क्षेत्र रंगेलीबाट सदरमुकाम सरेर आएको लगभग १०० वर्ष भइसकेको र अहिले मुलुककै दोस्रो विकसित शहरका रुपमा चिनिएको छ । 

हाल ७७ वर्ग किलोमिटरमा फैलिएको यो महानगरपालिकामा दुई लाख ८० हजार जनसंख्यामा रहेकामा महिला एक लाख ३८ हजार ८५ र पुरुष एक लाख ४२ हजार छन् । कूल १९ वटा वडा रहेको यो महानगरमा ४७ हजार ७९८ घरधुरी छन् ।महानगरपालिका क्षेत्रभित्र सुरक्षाको दृष्टिकोणले पूर्व क्षेत्रीय प्रहरी कार्यालय, सशस्त्र गणदेखि लिएर अन्य सुरक्षाका निकायहरु छन् । 

कुनै समयमा औद्योगिक नगरीका रुपमा परिचित विराटनगरमा बिपी कोइराला, मातृकाप्रसाद कोइराला, नगेन्द्रप्रसाद रिजाल, मनमोहन अधिकारी र गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बन्न सफल हुनुभएकाले राजनीतिक राजधानीको रूपमा पनि यो क्षेत्र परिचित हुँदै आएको छ । 

दर्जनौँ मन्त्री र समाजसेवी उत्पादन भएको यो क्षेत्रलाई विकसित गर्न बेलायती सरकारले धरानमा स्थापना गरेको मलाया क्याम्प जान भारतको जोगवनीदेखि विराटनगर हुँदै धरानसम्मको सडक निर्माण हुनु र अहिले सो बाटो छ लेनमा विकसित हुँदै जानुका अतिरिक्त पूर्व–पश्चिमको हुलाकी मार्ग विराटनगरसँग जोडिनुका साथै विराटनगर–झापाको भद्रपुर , विराटनगर–उर्लाबारी र विराटनगर–विराट चोक जान यातायातको सुविधा भएकाले पनि विराटनगरलाई प्रदेश नं १ को राजधानी हुनुपर्नेमा जोड दिइएको हो । 

हाल क्षेत्रीयस्तरको विमानस्थल, औद्योगिक, शैक्षिक र स्वास्थ्य प्रतिष्ठानले पूर्णता पाएको विराटनगर राजधानी हुनलाई कुनै पनि कुराले समस्या नहुने स्थानीय ज्येष्ठ नागरिक इन्द्रप्रसाद दाहालले बताउनुभयो । 

राजधानी विराटनगर नै हुनुपर्ने र यसको नामकरण कोशी प्रदेश गरिनुपर्नेमा वरिष्ठ पत्रकार यज्ञराज शर्माले जोड दिनुभयो । सप्त कोशीबाट प्रदेश नं १ मा झापाबाहेकका सबै जिल्लामा पानी वितरण र भावनासँग जोडिएकाले यो प्रदेशको राजधानीको नाम कोशी हुनुपर्ने उहाँको दाबी थियो । 

उक्त महानगरपालिकाका प्रमुख भीम पराजुलीले विराटनगरलाई प्रादेशिक राजधानी बनाउन महानगरपालिकाबाट गरिने सबै किसिमको सहयोग गर्न तयार रहेकामा जोड दिनुभयो । (रासस)

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य तथा विराटनगर महानगरपालिका निवासी विनोद ढकालले सबै सम्भावना भएकै कारण अस्थायी रुपमा बनेका प्रदेश नं १ को राजधानी अन्यत्र सार्न नमिल्ने तर्क गर्दै यो प्रदेशको नाम विवादरहित बनाउन कोशी वा सगरमाथा प्रदेश राख्नुपर्नेमा जोड दिनुभयो । 

सोही दलका अर्का केन्द्रीय सदस्य महेश रेग्मीले भौतिक पूर्वाधार, राजनीतिक चेतना, आर्थिक क्षेत्र, ऐतिहासिकतासँग जोडिएको विराटनगर नै स्थायी राजधानी हुनुपर्ने भन्दै सामाजिक सद्भाव र एकताका लागि यो प्रदेशको नाम ‘सगरमाथा प्रदेश’ भएमा सबैको शिर उच्च हुने र अन्तर्राष्ट्रियस्तरमा पनि देशको चिनारी हुने उल्लेख गर्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’ बाढी-पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा युवक पक्राउ घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढ्दैछ : श्रममन्त्री यादव बुधबार संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, ११ सांसदले सोध्दैछन् प्रश्न आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम प्रतिनिधि सभाको बैठक स्थगित सुन-चाँदीको मूल्य घट्यो इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग परराष्ट्रमन्त्री खनाल सर्बिया जाने