२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

कृषि विश्वविद्यालयद्वारा वार्ता समिति गठन

२०७५, ८ श्रावण मंगलवार १२:२५

साउन ८, चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालयले आठ निजी क्याम्पसलाई सम्बन्धन दिएपछि उत्पन्न विवाद समाधान गर्न विश्वविद्यालयले पाँच सदस्यीय वार्ता समिति गठन गरेको छ । 

कार्यकारी परिषद्को बैठकले निजी क्याम्पसलाई सम्बन्धन दिएसँगै विद्यार्थी र प्रध्यापक आन्दोलित भएका छन् । आन्दोलनलाई हल गर्न भन्दै विश्वविद्यालयका उपकुलपति प्रा डा ईश्वरीप्रसाद ढकालले विश्वविद्यालयका पूर्वरजिष्ट्रार प्रा डा सूर्यकान्त घिमिरेको संयोजकत्वमा विश्वविद्यालयकै चार उच्च पदाधिकारी रहेको समिति गठन गर्नुभएको हो । 

समितिका सदस्यमा अनुसन्धान तथा प्रसार निर्देशक प्रा डा नवराज देवकोटा, पोष्टग्य्राजुएट कार्यक्रम संयोजक प्रा डा भूमिनन्द देवकोटा, कृषि सङ्काय(शिक्षण) सहायक डीन प्रा डा कल्याणी मिश्र र विश्वविद्यालयका योजना निर्देशक प्रा डा अर्जुनकुमार श्रेष्ठ रहनुभएको छ । 

गत असार २० गते निजी सम्बन्धनको निर्णय भएपछि असार २६ गतेदेखि विश्वविद्यालयमा तालाबन्दी गरी आन्दोलन भइरहेको छ । विश्वविद्यालयले आन्दोलनरत विद्यार्थी र प्रध्यापकसँग विस्तृत छलफल एवं संवाद गरी आन्दोलरत पक्षको मागलाई ध्यानमा राखी विश्वविद्यालयको निर्णय प्रभावकारी ढंगले कार्यान्वयन गर्न गराउन र शैक्षिक तथा प्राज्ञिक वातावरणलाई सुदृढ गरी दीर्घकालीन निकासका लागि आवश्यक राय सुझावसहितको प्रतिवेदन पेश गर्न समिति गठन गरेको हो । 

समितिले आन्दोलनरत सबैसँग छलफल तथा वार्ता गरी स्थायी समाधानका लागि उपयुक्त रायसुझावसहितको प्रतिवेदन पेश गर्ने उपकुलपति प्रा डा ढकालले बताउनुभयो ।  (रासस)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण