२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

कृषि विश्वविद्यालयद्वारा वार्ता समिति गठन

८ श्रावण २०७५, मंगलवार १२:२५

साउन ८, चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालयले आठ निजी क्याम्पसलाई सम्बन्धन दिएपछि उत्पन्न विवाद समाधान गर्न विश्वविद्यालयले पाँच सदस्यीय वार्ता समिति गठन गरेको छ । 

कार्यकारी परिषद्को बैठकले निजी क्याम्पसलाई सम्बन्धन दिएसँगै विद्यार्थी र प्रध्यापक आन्दोलित भएका छन् । आन्दोलनलाई हल गर्न भन्दै विश्वविद्यालयका उपकुलपति प्रा डा ईश्वरीप्रसाद ढकालले विश्वविद्यालयका पूर्वरजिष्ट्रार प्रा डा सूर्यकान्त घिमिरेको संयोजकत्वमा विश्वविद्यालयकै चार उच्च पदाधिकारी रहेको समिति गठन गर्नुभएको हो । 

समितिका सदस्यमा अनुसन्धान तथा प्रसार निर्देशक प्रा डा नवराज देवकोटा, पोष्टग्य्राजुएट कार्यक्रम संयोजक प्रा डा भूमिनन्द देवकोटा, कृषि सङ्काय(शिक्षण) सहायक डीन प्रा डा कल्याणी मिश्र र विश्वविद्यालयका योजना निर्देशक प्रा डा अर्जुनकुमार श्रेष्ठ रहनुभएको छ । 

गत असार २० गते निजी सम्बन्धनको निर्णय भएपछि असार २६ गतेदेखि विश्वविद्यालयमा तालाबन्दी गरी आन्दोलन भइरहेको छ । विश्वविद्यालयले आन्दोलनरत विद्यार्थी र प्रध्यापकसँग विस्तृत छलफल एवं संवाद गरी आन्दोलरत पक्षको मागलाई ध्यानमा राखी विश्वविद्यालयको निर्णय प्रभावकारी ढंगले कार्यान्वयन गर्न गराउन र शैक्षिक तथा प्राज्ञिक वातावरणलाई सुदृढ गरी दीर्घकालीन निकासका लागि आवश्यक राय सुझावसहितको प्रतिवेदन पेश गर्न समिति गठन गरेको हो । 

समितिले आन्दोलनरत सबैसँग छलफल तथा वार्ता गरी स्थायी समाधानका लागि उपयुक्त रायसुझावसहितको प्रतिवेदन पेश गर्ने उपकुलपति प्रा डा ढकालले बताउनुभयो ।  (रासस)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो