२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीमा सञ्चारकर्मी शर्मा सहित दुई जनाको शव फेला, यसरी विदा भए शर्मा

८ श्रावण २०७५, मंगलवार १४:३७

प्रेम सुनार | साउन ८, गुल्मी | आज विहान गुल्मीका बेग्ला बेग्लै स्थानमा दुई जना पुरुषको शव फेला परेको छ । ईस्मा गाउँपालिका वडा नम्वर–१ , हस्तीचौरको हर्पुकोट अर्सेनीका अन्दाजी ६५ वषिय लोकबहादुर महतराको शव गुर्वाको महतधारा भन्ने खोलामा फेला परेको त्यहाँका वडाध्यक्ष चुराबहादुर खत्रीले जानकारी दिए ।

हिजो साँझ घरबाट गुर्वातिर हिडेका उनि बाटो देखि  तलको भिरको धार्नेको रुखको हाँगा समेत लाछिने गरी लडेर करिव ५० तल पानीमा डुवेको उनले बताए ।  यस सम्वन्धमा  जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक रविन्द्रबहादुर खड्काले जानकारी दिए ।

सञ्चारकर्मी शर्मा यसरी विदा भए

गुल्मी जिल्लाका पुराना सञ्चारकर्मी कृष्ण शर्मा आज विहान वम्घामा झुण्डिएको अवस्थामा फेला परेका छन ।  गुल्मीको रेडियो रेसुङ्गा, स्काई एफएम, वम्घाको  ऋषिकेश एफएम र त्यस अघि पाल्पाका विभिन्न रेडियोहरुमा काम गरेका शर्मा रुरु गाउँपालिका वडा नम्वर ४, वम्घाको एक रुखमा झुण्डिएको अवस्थामा फेला परेका हुन ।

गुल्मी कै मुसिकोट नगरपालिका वडा नम्वर–४ बडागाउँको हलोगाडे घर भएका ३६ वर्षिय शर्मा पछिल्लो चरण स्याङ्गजाको आँधिखोला एफएममा काम गर्दै आई रहेका थिए ।

घटना स्थलमा पुगेका रिडी ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक भिमबहादुर कार्कीका अनुसार उनले लेखेको सुसाईट नोटले वम्घामा रहेको रेडियोमा काम गर्दा उनको स्थानिय एक युवती सग गहिरो माया प्रेम रहेको बुझिन्छ ।

उनले त्यहाँकी एक युवतीको नाम सम्वोधन गरी निकै गहिरो माया थियो …. आजबाट विदा भएँ… जस्ता कुराहरु लेखेका छन । स्याङ्गजाबाट उनको घर बडागाउँ जाने उनि उल्टो बाटो तिनै प्रेमीका भेट्न वम्घा आएको पाईएको प्रहरी निरीक्षक कार्कीले बताए ।

रेडियो प्राविधिक कार्यमा पारङ्गत उनि विभिन्न कार्यक्रम समेत चलाउँथे । केहि दिन अघि एक रेडियोमा एकडेढ वर्ष सम्म काम गरेको तलव नदिएको भन्दै उनले  उक्त विषय उठान गरी तलव दिलाई  दिन यसै समाभचारदाता संग फोनमा  आग्रह गरेका थिए ।  


तस्वीरः साथीहरुको विचमा निलो टिर्शटमा चस्मामा सञ्चारकर्मी शर्मा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला