२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

प्रेमीसँग मिलेर श्रीमतीले श्रीमान मारिन्

८ श्रावण २०७५, मंगलवार १७:०३

साउन ८, धनगढी | कैलालीको भजनी नगरपालिका–९ भुरुवागाउँकी एक महिलाले परपुरुषसँग मिलेर आफ्नो पतिको हत्या गरेको भजनी इलाका प्रहरी कार्यालयले जनाएको छ । 

भजनी नगरपालिका—९ को भुरुवा गाउँमा ३५ वर्षीय नन्दुराजीलाई उनकै पत्नी निर्मला राजी र प्रेमी भनिएका दिलीप राजीले घाँटी च्यापेर हत्या गरेको खुलासा भएको कार्यालयका प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले बताउनुभयो । 

घटना साउन ४ गते राति भए पनि प्रहरीलाई ढिलो गरी खबर प्राप्त भएको चन्दले बताउनुभयो । मादकपदार्थ सेवन गरेर राति घर पुगेका नन्दु राजी र श्रीमती निर्मला राजीबीच झगडा भएकामा श्रीमतीले आफ्ना प्रेमी भनिएका दिलीपलाई बोलाई घरमै कुटपिट गरिएको जनाइएको छ । 

राति नै लोग्नेको हत्या गरी घरदेखि झण्डै एक किमीको दूरीमा रहेको प्रतीक्षा सामुदायिक वन परिसरमा खाल्डो खनी शव गाडिएको बताइएको छ । 

प्रहरी टोलीले गाडिएको शव आज उत्खनन गरी परीक्षणका लागि टीकापुर अस्पताल पुर्याएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य