२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

ईन्टरनेटको लत जाँड-रक्सीको भन्दा बढिः प्राय भट्टीमा झगडा शुन्य

२०७५, ९ श्रावण बुधबार ०७:१९

प्रेम सुनार | साउन ९, गुल्मी | गुल्मीको सदरमुकाम तम्घासमा केहि वर्ष अघि सम्म तिनै समुह थिए , जो होटल रेष्टुरेण्टहरुमा साथी बनेर आउने र पिउँदै जाँदा  झगडा सुरु गरेर दुश्मन बनेर जाने । दुई तिन वर्षयता वाईफाई सुविधा विनाको प्राय होटल, रेष्टुरेण्टहरु हुन छाडेका छन ।

अहिले तिनै समुहरु तिनै होटल रेष्टुरेण्टमा साँझ पर्न साथ आउँछन  । मदिरा पिउनु भन्दाको हतारो आ–आफ्ना साथीहरुसंग च्याटमा कुराकानी भ्याई नभ्याई  देखिन्छ । सगै बसेर पिईरहेका साथीहरु विच  कुराकानी शुन्य प्राय देखिन्छ । यहाँ सम्मकी पिउन लागेको मदिरा र अन्य खाने कुरा  सकिएको वा मिठो–नमिठोको समेत मतलव छैन ।

च्याटको ब्यस्ततामा एउटा चिज खान्छु भन्दा अर्को चिज मुखमा राखेको समेत पाईयो । कुनै साथीले त्यही विचमा कुरा निकाल्छ । अर्को साथीले भन्छ –‘ पख न यार,  एक जना संग अर्जेन्ट कुरा भई रहेको छ । ’

यसरी नै जाँड भट्टीको समय खासै आपसमा गफ नभई सकिन्छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक रविन्द्रबहादुर खड्का भन्छन–‘विज्ञान र प्रविधीमा मानिसहरु ब्यस्त छन । होटल रेष्टुरेण्टहरुमा पिउँदै गर्दा आपसमा कुराकानी कमै हुने गरे पछि कसरी झगडा होस् ?  विज्ञान र  प्रविधिको यो एउटा सकारात्मक पाटो हो ।’

विगतमा सदरमुकाम लगायतका केहि वजारका होटल रेष्टुरेण्टहरुमा  प्राय दैनिक  जसो झै झगडा, कुटपिटका घटनाहरु भई रहन्थे । प्रहरी निरीक्षक खड्काका अनुसार बाहिर बरु झै झगडाका घटना फाटफुट आउने गरेका छन तर होटल रेष्टुरेण्ट भित्र त्यस्ता घटना  आजकल विरलै आउने गरेका छन् ।

अहिलेको पिढीलाई ईन्टरनेटको लत बढि नै लागेकोले लागु औषद्य दुव्र्यशनी समेत कम हुँदै गएको केहि दिन अघि ५ नम्वर प्रदेश प्रहरी कार्यालयले  सार्वजानिक गरेको तथ्याङकले पनि देखाएको छ ।

५ नम्वर प्रदेश प्रहरी प्रमुख डिआईजी शेरबहादुर बस्नेतले भनेका छन–‘  सामाजिक सुरुक्षाका विषयमा प्रहरीको सक्रियता बढाईएको छ ।  लागु औषध दुव्र्यशनी न्युनिकरणका लागि प्रहरी संगठनले ब्यापक रुपमा टोलटोलमा पुगेर जनचेना मुलक कार्यक्रमहरु गर्दै आएको छ, विगतका वर्षहरुको तुलनामा  गत आर्थिक वर्षमा त्यसको सकरात्मक  परिणाम मिलेको छ ।’

उनले यसमा नागरिक समाजको समेत सक्रियता र साथ रहेको बताएका छन । प्रहरी संगठनको त्यही नीतिगत योजना अनुसार गुल्मी जिल्ला प्रहरीले पनि टोलटोलमा प्रहरी अभियान सुरु गरेको र त्यसले अपराधिक घटनामा कमी आएको गुल्मीका प्रहरी प्रवक्ता खड्काको भनाई छ ।

ईन्टर नेटको लतले पनि मानिसहरुमा झैझगडा कम भएको ५ नम्वर प्रदेश भित्रका अन्य प्रहरी अधिकारीहरु पनि स्वीकार गर्छन ।  कतिपय परिवारको घरमा समेत घरयासी कुराकानी भन्दा श्रीमान , श्रीमति छोरा छोरी फेशबुक च्याट र युट्युवमा बढि ब्यस्त हुने पाईएको छ । ‘काम नभए पछि हुने हो झगडा र काटामारी’ भन्ने बुढापाकाहरुको भनाई सत्य सावित हुँदैछ ।

विकासित मुलुकहरुमा सवैले रोजगारी पाएका छन र एक देखि अर्को संग वोल्ने फुर्सद छैन । उनिहरु विच के को झगडा र आन्दोलन होस् ? हाम्रो देशमा रोजगारी नपाए पनि ईन्टरनेट सुविधा क्रमिक रुपले सवैतिर पाउँदै आएका छन ।  जसले गर्दा झै–झगडा, कुटपिट र अलि सानोतिनो विषयमा आन्दोलन पनि कम हुँदै जाने हो कि भन्ने देखिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस