२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

माइक्रोबसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

२०७५, ९ श्रावण बुधबार १५:०७

साउन ९, बनेपा । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ पानीट्याङ्कीस्थित विपी राजमार्गमा माइक्रो बसले ठक्कर दिँदा आज मोटरसाइकल चालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा धनुषा जिल्ला तारापट्टी बस्ने वर्ष ३६ का सत्यनारायण साह रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी उपरीक्षक रविराज खड्काका अनुसार सिन्धुलीबाट काठमाडौँतर्फ जाँदै गरेको ना१ज ५२१५ नम्बरको माइक्रो बसले धुलिखेलबाट भकुण्डेतर्फ जाँदै गरेको ज११प १२९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक र पछाडि सवार गरी दुई जना सख्त घाइते भएको र उपचारका क्रममा चालकको मृत्यु भएको हो । 

सोही मोटरसाइकलमा पछाडि बस्ने सिरहाका प्रदीपकुमार महतो घाइते भएको र उहाँको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरी उपरीक्षक खड्काले बताउनुभयो । प्रहरीले गाडी र चालकलाई नियन्त्रणमा लिएको छ ।  (रासस)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस