२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

पर्यटकको आकर्षण बढाउन थारु संग्रहालय निर्माण

१० श्रावण २०७५, बिहीबार ०३:५०

साउन १०, कञ्चनपुर (रासस) | पर्यटकको आकर्षण बढाउनका लागि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ मा रहेको पर्यटकीय क्षेत्र भम्केपानी(भल्का)मा थारु संग्रहालयका लागि परम्परागत शैलीको भवन निर्माण गरिएको छ । 

काठ र माटोको प्रयोग गरी नगरपालिकाको वडा कार्यालयले रु छ लाख बढीको लगानीमा संग्रहालय भवन निर्माण गरेको हो । भवन निर्माणका लागि वडा कार्यालयले रु दुई लाख र स्थानीय बासिन्दाले रु चार लाख बढीको श्रमदान गरेका छन् । भवनसँगै पर्यटकीय क्षेत्रमा दुई वटा पक्की शौचालयसमेत निर्माण गरिएको छ । 

“संग्रहालय भवन निर्माण भएकाले थारु समुदायका संस्कृति झल्किने परम्परागत पहिरन, गहना, रहनसहनसँग सम्बन्धित वस्तु, कृषिमा प्रयुक्त हुने परम्परागत सामग्रीलगायत पर्यटकका लागि राख्न लागेका छौँ” वडाध्यक्ष बहादुर महराले भन्नुभयो ।

अर्को वर्षदेखि पर्यटकका लागि संग्रहालय खुला गर्ने योजना रहेको उहाँले बताउनुभयो । संग्रहालयमा राख्ने वस्तुको जोरजम्मा गर्नका लागि रु तीन लाख बजेट विनियोजन गरिएको छ । संग्रहालय क्षेत्रमा वाटर पार्क निर्माण गर्ने, सौर्यबत्तीको व्यवस्था गर्ने र फ्रि वाइफाइको व्यवस्था गर्ने योजना बनाइएको छ । पर्यटकीय क्षेत्रसम्म पुग्ने ग्राभेल सडकको निर्माण कार्य पूरा गरिएको छ । 

सडकको स्तरोन्नति नहुँदा यहाँ पुग्ने पर्यटकले निकै सास्ती खेप्नुपरेको थियो । वडाध्यक्ष महराले भन्नुभयो, “पर्यटकीय क्षेत्रसम्म पुग्ने सडक निर्माणलाई पहिलो वर्षमै प्राथमिकतामा राखेपछि आन्तरिक पर्यटक आवागमनमा निकै वृद्धि भएको छ ।” वर्षमा दुई हजारदेखि तीन हजार ४०० बढीको संख्यामा यस क्षेत्रमा पर्यटक पुग्ने गरेका छन् । 

हिउँदमा तातो र गर्मीमा चिसो पानी हुने कुण्ड यस क्षेत्रमा रहेको छ । कुण्डमा रहेको पानी आफैँ माथि उफ्रिने भएकाले यसको नाम भम्केपानी रहन गएको स्थानीय बासिन्दा बताउँछन् । 

पहिले कुण्डमा रहेको पानी दुई फुटमाथि उफ्रिने गरेको र हाल खोलाले कुण्डलाई काटेर बगाउने अवस्थामा पुगाएपछि कालिका सामुदायिक वनले संरक्षणका लागि चारैतिरबाट ढुंगाको पर्खाल लगाएपछि पानी उफ्रिने क्रममा कमी आएको छ । कुण्डमा रहेको पानी अनौठो तरिकाले उफ्रिने गरेको हेर्नका लागि यहाँ आन्तरिक पर्यटकको घुइचो लाग्ने गरेको छ । 

दैनिक औसतमा ५० बढी आन्तरिक पर्यटक यस क्षेत्रको अवलोकनका लागि पुग्ने गरेका छन् । पिकनिकका लागि पानीको पर्याप्तता र यस क्षेत्रको मनोरम दृश्य नियाल्नका लागि पर्यटक यहाँ पुग्द छन् । माघे संक्रान्तिका बेला यस क्षेत्रमा ठूलो मेला लाग्ने गर्दछ । 

मेलामा आउनेले कुण्डमा नुहाएमा सबै पाप कर्म नास हुने र चर्मरोग हटेर जाने विश्वासका साथ यहाँ पुग्ने गरेको स्थानीय ढुण्डीराज भण्डारीले बताउनुभयो । यस क्षेत्रप्रति थारु समुदायको अगाव श्रद्धा रहेकाले उनीहरुले सोमबारे औँशी, माघेसंक्रान्ति बेला यस क्षेत्रमा पुगी पूजा गरी कुण्डमा अनिवार्य नुहाउने गर्दछन् । पौराणिककालदेखि यस क्षेत्रले धार्मिक मान्यता पाउँदै आएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो