२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवनमा ट्र्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

२०७५, १० श्रावण बिहीबार ०५:१७

साउन १०, चितवन | भरतपुर महानगरपालिकाको फोहर बोक्ने ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा आज बिहान एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । 

भरतपुर महानगरपालिका–१० सिनर्जी चोकमा वीरेन्द्र क्याम्पस चोकबाट विकास चोकतर्फ जाँदै गरेको महानगरको फोहर उठाउने ना २ त ३६६१ नम्बरको ट्र्याक्टर र पश्चिमतर्फ शान्ति मार्गबाट आइरहेको ना ५३ प ९७८६ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएपछि मोटरसाइकल चालक भरतपुर महानगरपालिका–१४ बस्ने १८ वर्षीय पारस खत्रीको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मोटरसाइकल सडकमा निस्किने क्रममा ट्र्याक्टरमा ठोक्किँदा दुर्घटना भएको हो । खत्रीको चितवन मेडीकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

मोटरसाइकलमा सवार नवलपुर गैँडाकोट–७ बस्ने १९ वर्षीय सुरज परियार घाइते भएका छन् । घाइते परियारको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ भने उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण