२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

स्क्रबटाइफस र डेंगुको संक्रमण घट्दै

१० श्रावण २०७५, बिहीबार ०७:४४

साउन १०, चितवन | जिल्लामा स्क्रबटाइफस र डेंगु रोगको संक्रमण घट्दै गएको छ । 

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा यी रोगको संक्रमण घटेको हो । गत आर्थिक वर्ष २०७४÷०७५ मा जिल्लामा ४१० जनामा स्क्रबटाइफसको संक्रमण भएको थियो । आव २०७३÷०७४ मा ५०९ जनामा स्क्रबटाइफस संक्रमण भेटियो । 

जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका अनुसार गत आव २०७४÷०७५ मा दुई हजार २३७ जनाको रगत परीक्षण गर्दा ४१० जनामा स्क्रबटाइफस पोजेटिभ देखियो । आव २०७३÷०७४ मा एक हजार ६२६ जनाको नमूना परीक्षण गर्दा ५०९ जनामा स्क्रबटाइफस भेटिएको थियो । 

मुसामा हुने एक प्रकारको परजीविको टोकाइबाट यो रोग लाग्ने गर्दछ । घाँस तथा झाँडीमा जाँदा ‘माइट’ नामक उक्त परजीविले मानिसलाई टोकेमा स्क्रबटाइफस रोगको संक्रमण हुने जिल्ला जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले बताउनुभयो । 

उहाँका अनुसार गत आवमा एक हजार ४८३ जनाको नमूना परीक्षण गर्दा ५९ जनामा डेंगु पोजेटिभ देखिएको थियो । आव २०७३÷०७४ मा दुई हजार ५६२ जनाको नमूना परीक्षण गर्दा ६८७ जनामा डेंगुको संक्रमण भेटिएको उहाँले बताउनुभयो । 

एडिस जातको लामखुट्टेको टोकाइबाट डेंगु रोग लाग्ने गर्दछ । लामखुट्टेको टोकाइबाट बच्नुनै यो रोगबाट बच्ने उत्तम उपाय भएको केसीले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो