२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

प्रदेश नं ७ मा चेक अनादरका मुद्दा बढ्दै

१० श्रावण २०७५, बिहीबार ०८:०६

साउन १०, भीमदत्तनगर | प्रदेश नं.७ सुदूरपश्चिममा बैंकिङ कसुरअन्र्तगत ‘चेक अनादर’ मुद्दा बढ्न थालेपछि बाणिज्य इजलास महेन्द्रनगरले कारबाहीलाई तीव्रता दिएको छ । 

प्रदेश नं. ७ को उच्च अदालत दिपायल महेन्द्रनगर इजलास अन्र्तगत गठन भएको बाणिज्य इजलासले चेक अनादर सम्बन्धी परेका ४२ वटा मुद्दा मध्ये ३४ वटा गत आर्थिक बर्षमा फछ्र्यौट गरेको छ । 

उच्च अदालत दिपायल महेन्द्रनगर इजलासका शाखा अधिकृत प्रकाशदत्त भट्टले चेक अनादर मुद्दामा अधिकांश अभियोग माग दाबीबमोजिम फैसला भएको बताउनुभयो । 

‘थोरैले मात्रै सफाइ पाएको तथ्याङ्क छ ।’ उहाँले भन्नुभयो–‘ केहीले आशिंक सफाइ समेत पाएका छन ।’ 

उक्त मुद्दामा बाणिज्य अदालतले ३ महिनासम्म कैद वा बिगो बमोजिम जरिवानासमेत सजाय फैसला हुने प्रावधान रहेको उहाँले बताउनुभयो । 

गत २०७४ पुष १३ गतेको मन्त्रीपरिषद्को निर्णय अनुसार प्रदेश नं. ७ मा उच्च अदालत दिपायल महेन्द्रनगर इजलास अन्र्तगत महेन्द्रनगरमा उच्च अदालतको नियमावली २०७३ को नियम ६६ (२) बमोजिम बाणिज्य इजलास गठन भएको थियो । 

बाणिज्य इजलासले चेक अनादरमा बैंकिङ कसुर तथा सजाय ऐन २०६४ को दफा १७ बमोजिम कारबाही गरिरहेको छ । 

‘कसुर भएको थाहा पाएको एक बर्षभित्र प्रहरीमा जाहेरी दिनुपर्छ ।’ शाखा अधिकृत भट्टले भन्नुभयो–‘जाहेरी दिएको छ महिनाभित्र प्रहरीले तोकिएको अदालतसम्म पु¥याउनुपर्ने हुन्छ ।’ 

छ महिनाको अवधीमा बैंकमा तीन पटकसम्म चेक साट्न जाँदा खातामा पर्याप्त रकम नभएको भए चेक अनादरमा कानुनी उपचार खोज्न सकिन्छ । 

बैंकिङ कसुर तथा सजाय ऐन अनुसारको दफा ३ ‘ग’मा ‘आफ्नो खातामा मौज्दात रकम नभएको थाहा पाइ जानी–जानी चेक काटी दिनुलाई कसुर मानेको छ । 

एउटै व्यक्तिले फरक÷फरक व्यक्तिलाई रु ८५ लाखसम्म दिएको मुद्दा यहाँ आएको छ ‘शाखा अधिकृत भट्टले भन्नुभयो– तत्कालीन अवस्थामा महेन्द्रनगर बाणिज्य इजलास तोकिएपछि यहाँ क्षेत्राधिकार पर्ने १९ वटा मुद्दा नेपालगञ्जबाट सारिएको थियो ।’ 

बाणिज्य इजलास यहाँ गठन हुनुअघि सुदूरपश्चिमका बैंकिङ कसुरका मुद्दाहरु नेपालगञ्जलाई हेर्ने क्षेत्राधिकार तोकिएको थियो । 

चेक अनादरका अधिकांश मुद्दा कैलाली जिल्लाबाट आएको उहाँले जानकारी दिनुभयो । ‘मित्रवत, आफन्तबाटै बढी चेक अनादर भएको मुद्दाहरु छन् ।’ भट्टले भन्नुभयो–‘यसमा अधिकांश महिला संलग्न छन् ।’ 

‘आवश्यक प¥यो केही दिनलाई सहयोग गर्नुस् भनेर पैसाको लेनदेन बढी भएको देखिन्छ ।’ उहाँले भन्नुभयो– ‘मिटरब्याज र अनाधिकृत रुपमा ढुकुटी खेलाउनेबाट बढी प्रभावित छन् ।’ चेक अनादरको जाहेरी प्रहरीले लिएपछि मुद्दा सरकारवादी हुन्छ । 

त्यसैगरी बैंकिङ कसुरमा मात्रै रु तीन करोडभन्दा बढी जरीवाना असुल उपर गर्नुपर्ने देखिएको छ । 

जरिवाना असुलउपर गर्न यहाँबाट फैसलाको प्रतिनिधिसहित सम्बन्धीत जिल्ला अदालतलाई कार्यान्वयनका लागि पत्राचार गरिन्छ । ‘शाखा अधिकृत भट्टले भन्नुभयो–‘बाणिज्य इजलासमा आठ वटा मुद्धा किनारा लाग्न बाँकी छन् ।’ 

बाणिज्य इजलास हेर्न २०७४ माग ८ गते न्यायधीश त्रय दिनेशप्रसाद यादव, नारायण प्रसाद श्रेष्ठ र डिल्लीराज आचार्यलाई तोकिएको थियो । 

‘अनादर चेक दिए कारबाहीको भागेदार हुनुपर्ला भनेर सचेतना अपनाउन सञ्चारकर्मीको भूमिका आवश्यक छ । 

प्रदेश नं. ७ को उच्च अदालत दिपायल महेन्द्रनगर इजलासका न्यायधीश डिल्लाराज आचार्यले भन्नुभयो । 

बाणिज्य इजलास महेन्द्रनगरलाई प्रदेश नं. ७ का नौ वटै जिल्लाका बाणिज्य सम्बन्धी मुद्दा हेर्ने जिम्मेवारी तोकिएको छ । 

उच्च अदालत दिपायल महेन्द्रनगर इजलासले उच्च अदालत दिपायल महेन्द्रनगर इजलासका साथै यहाँका चार वटा जिल्ला अदालतमा गरी गत आर्थिक बर्षमा एक हजार चार सय २६ वटा मुद्दा फछ्र्यौट भएको जनाएको छ । 

उक्त आर्थिक वर्षमा एक हजार सात सय ७६ मुद्दा परेका थिए । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो