2026-09-08 03:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ललितपुर - LLT

हराउन थाले रैथाने जातका बीउ

साउन १० ललितपुर | सरकारी र गैरसरकारी संस्थाले प्रोत्साहन नगर्दा रैथाने जातका बीउ हराउँदै गएका छन् । 

बाली पर्याप्त फलाउने जातलाई प्रोत्साहन गरेका कारण स्थानीय जातका बीउ हराउँदै गएका हुन् । जैविक विविधताको संरक्षणभन्दा पनि सरकारी र गैरसरकारी संस्थाको नीतिले उन्नत र हाइब्रिड बीउलाई प्रोत्साहन गरेको नेपाल कृषि अनुसन्धान परिषद्(नार्क) अन्तर्गतको राष्ट्रिय कृषि अनुबंशिक स्रोत केन्द्रमा कार्यरत वैज्ञानिक कृष्णहरि घिमिरेले बताउनुभयो । 

धेरै उत्पादन लिनका लागि हाइब्रिड र उन्नत जातको बीउ प्रयोग भए पनि स्थानीय जातमा रहेको विशिष्ट गुणका कारण तिनलाई जोगाउनुपर्नेमा उहाँको जोड छ । सबै निकायले ठूलो फर्सी, ठूलो गाई वा धेरै अन्न फलाउने किसानलाई मात्रै सम्मान र पुरस्कृत गरिरहेका छन् । उहाँ भन्नुहुन्छ, “स्थानीय बीउ जोगाइराख्नका लागि भूमिका खेल्ने किसानलाई पनि प्रोत्साहन गर्न खाँचो छ ।” 

नेपालमा अधिकांश किसान अन्न पर्याप्त मात्रामा फलाउनुपर्ने बाध्यताका कारण बिस्तारै स्थानीय बीउ रोप्न छाडेको नार्कले जनाएको छ । नार्क आफैँले पनि किसानका लागि रोगप्रतिरोधी क्षमता बढी भएका र बढी उत्पादन दिनसक्ने बीउ सिफारिश गर्दै आएको छ । कतिपय किसानले भने स्थानीय बीउमा भएका विशिष्ट गुणका कारण त्यसलाई छाडेका छैनन् । 

उहाँ भन्नुहुन्छ, “आफूले उन्नत बीउ नै रोप्ने किसानले स्थानीय जात हराउन नदिनका लागि नै सानो क्षेत्रफलमा थोरै परिमाणमा भए पनि वर्षेनी रोप्नुहुन्छ ।” कतिपयले मीठो स्वाद भएका, विशेष खाना बनाउन प्रयोग हुने वा खाएको लामो समयसम्म भोक नलाग्नेलगायतका गुण स्थानीय जातमा पाइन्छ । कुनै समयमा उन्नत जातका बीउमा ठूलै खालको समस्या आउँदा स्थानीय बीउमा भएको गुण ल्याएर क्रस गराउन सकिने नार्कका वैज्ञानिकले बताउँदै आएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ