२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

असल छोरा बुहारीलाई सम्मान, खराब छोरा बुहारीलाई सजाय

१० श्रावण २०७५, बिहीबार १६:१०

साउन १०, कञ्चनपुर | राष्ट्रिय जेष्ठ नागरिक समाज नेपालको तेस्रो वार्षिक साधारण सभा बाट जयानन्द बडुको अध्यक्षतामा १५ सदस्यि नगर समिति गठन भएको छ । 

जसमा उपाध्यक्ष अशोक महरा, सचिव चुणामणि कलौनी, सहसचिव नरपती शर्मा भण्डारी, कोषाध्यक्ष जयादत्त पन्त त्यसैगरी सदस्यहरुमा पूर्णबहादुर थापामगर, पदम बहादुर बम, कृष्ण बहादुर चन्द, वामदेव चौटत, धर्मराज जोशी, धन सिह भण्डारी, लिलाधर भट्ट, राम बहादुर महता नारायण दत्त पन्त, जय बहादुर पाण्डेय चयन भएका छन् । 

वार्षिक सधारण सभामा केन्द्रिय उपाध्यक्ष गंगाराम गिरीले जेष्ठ नागरिकले समाजमा रहेका जेष्ठ नागरिक हितको लागि यसले निकै ठुलो भुमिका खेल्दै आएको, आफुहरुको सर्घष बाट नै सार्वजनिक यातायात देखि लिएर अस्पताल लगायत विभिन्न ठाउँमा छुट र निःशुल्क उपचार सम्भव भएको बताउनु भयो, अब देखि बृद्ध आमा बुवालाई माया गर्ने, छोरा बुहारीलाई जेष्ठ नागरिकको कार्यक्रममा सम्मान गर्ने र बृद्ध आमा बुवालाई दुख दिने घर बाट निकाल्ने जस्ता कार्य गर्ने छोरा बुहारीलाई कानुनको कटघेरामा उभाई सजायको भागीदार गर्ने बताउनु भयो । जेष्ठ नागरिकको मुल नारा ‘ओछयान छोडन पाइन, वृद्धाआश्रम चाहीदैन’ भन्ने नारालाई आत्मसात गरी आफुहरुले बनाएको घर र आफुहरुले हुर्काएको सन्तानमा आफ्नो हक हुनाले उनीहरुले पनि बुढेसकालमा आमाबुवालाई हेर्नू पर्नेमा जोड दिनु भयो साथै नेपाल सरकारले एकल महिलालाई भत्ता दिए जस्तै एकल पुरुषलाई पनि भक्ता दिनु पर्ने बताउनु भयो ।


उक्त कार्यक्रममा भम्केनी धाममा आफनो लगानी लगाई धर्मशालाको निर्माण गरी हस्तान्तरण गर्ने दनविर अशोक सिह महरालाई पनि सम्मान पत्र दिनुको साथै दोशल्ला ओडाई सम्मान गरिएको थियो । 

विहिबार भएको वार्षिक साधारण सभामा नगरकमिटिका अध्यक्ष जयानन्द बडुको सभापतित्वमा प्रमुख अतिथी केन्द्रिय उपाध्यक्ष गंगाराम गिरी, विशिष्ट अतिथीमा केन्द्रिय सदस्य तथा प्रदेश नं. ७ का इन्चार्ज गोविन्द सिंह विष्ट रहनु भएको थियो भने कार्यक्रम संञ्चालन कर्णबहादुर सिहले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो