2026-07-24 11:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ललितपुर - LLT

आगो नियन्त्रणका लागि रिजर्भ ट्यांकी र अग्नि नियन्त्रक उपकरणको अभाव

साउन ११, ललितपुर | आगलागी तुरुन्त नियन्त्रणका लागि नगरका भित्री भागमा पानी राख्ने ट्यांकी अग्नि नियन्त्रक उपकरणको व्यवस्था हुन सकेको छैन । 

महानगरको नागबहालमा मात्रै यस्तो सुविधा भएपनि नगरका अधिकांश भाग आगलागीको जोखिम रहेको नगर प्रहरी प्रमुख कदमलाल महर्जनले बताउनुभयो । 

“दमकल छिर्ने बाटोसमेत नभएका यी स्थानमा त्यस्ता उपकरणको व्यवस्थासहित स्थानीयवासीलाई तालीम दिनसके आगलागी नियन्त्रणमा आउन सक्छ । ” उहाँले भन्नुभयो, “आगलागी नियन्त्रण समयमै हुँदा ठूलो धनजनको क्षति हुनबाट जोगाउन सकिन्छ तर त्यसको व्यवस्थापन गर्न नसकिएकाले हिउँदमा आगलागीको जोखिम हुन्छ ।” 

साँघुरो बाटोका कारण नगरका भित्री भागमा दमकल लैजान कठिन रहेको प्रमुख महर्जनले बताउनुभयो । चोकको भित्र आगलागी हुँदा गाडीलाई जाने ठाउँसम्म लगेर त्यहाँबाट रोलिङ गर्दै लानुपर्छ । रोलिङ घर माथिबाट आगो लागेको स्थानसम्म पुर्याउँदा बढी समय लाग्ने र क्षति बढ्ने भएकाले स्थानीयस्तरमा नै अग्नि नियन्त्रक उपकरण हुँदा सजिलो र चाँडो हुन्छ ।” 

केही वर्ष पहिले जापानी सहयोग नियोगले रिजर्भ ट्यांकी निर्माण र अग्नि नियन्त्रक उपकरणको खरीदका लागि आर्थिक र प्राविधिकरुपमा सहयोग सहित स्थानीयवासीलाई आगो नियन्त्रणको उपायसमेत सिकाएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक